+
+
Shares

क्याम्ब्रेन पेट्रोलमा स्वर्ण पदक जित्ने सेनाको टोलीलाई ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ९ गते १५:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बेलायतमा सञ्चालन भएको ‘एक्सरसाइज क्यामब्रेन पेट्रोल २०२५’ मा नेपाली सेनाको टोलीले सर्वोत्कृष्ट अंकसहित स्वर्ण पदक जितेको छ।
  • प्रधानसेनापति अशोकराज सिग्देलले सैनिक मुख्यालयमा उक्त टोलीलाई प्रधानसेनापति प्रशंसा निशान प्रदान गरेका छन्।
  • यस अभ्यासमा ३३ राष्ट्रका ११७ टोली सहभागी थिए र नेपाली सेनाले सन् २०१७, २०१९ र २०२४ मा पनि स्वर्ण पदक जितिसकेको छ।

९ कात्तिक, काठमाडौं । बेलायतमा सञ्चालित ‘एक्सरसाइज क्यामब्रेन पेट्रोल २०२५’ मा स्वर्ण पदक जित्ने नेपाली सेनाको टोली सम्मानित भएको छ ।

सर्वोत्कृष्ट अंकसहित स्वर्ण पदक जित्ने टोलीलाई आज आइतबार सैनिक मुख्यालय जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच प्रधानसेनापति अशोकराज सिग्देलले ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान गरेका हुन् ।

उक्त अभ्यासमा सहभागी ९ प्रतियोगी र १ व्यवस्थापक गरी १० जनालाई सम्मान गरिएको हो ।

२३ असोजदेखि २५ असोजसम्म बेलायतको वेल्स ब्रेकनमा सञ्चालन भएको उक्त पेट्रोलमा सर्वोत्कृष्ट अंकसहित नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको थियो ।

उक्त अभ्यासमा बेलायतसहित ३३ राष्ट्रका ११७ टोली सहभागी थिए । सन् १९६० देखि वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको यो प्रतियोगितामा सन् २०१४ देखि नेपाली सेनाले भाग लिँदै आएको छ ।

दुई दिनभित्र हतियार र करिब ५० पाउन्ड बराबरको उपकरण तथा बन्दोबस्तीका समानसहित ५० किलोमिटर दूरी पार गर्नेपर्ने यो अभ्यासमा सहभागी हुने टोलीको विभिन्न तयारी, खबर संकलन, घाइते बिरामीको व्यवस्थापन लगायतका दक्षताहरू परीक्षण गरिन्छ ।

यसअघि नेपाली सेनाले सन् २०१७, २०१९ र २०२४ मा पनि स्वर्ण पदक प्राप्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?