+
+
Shares

प्रधानमन्त्रीले वचन फेरेपछि मन्त्री बन्न अस्वीकार गरेँ: गणपतिलाल श्रेष्ठ

आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले ८ गते शनिबार बालुवाटारमा बोलाएर पर्यटनमन्त्री बनिदिन आग्रह गरेको तर भोलिपल्ट अर्कैलाई वचन दिइसकेको बताएपछि आफू मन्त्री बन्न अस्वीकार गरेको बताएका हुन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ९ गते २०:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सम्पदा संरक्षण अभियन्ता गणपतिलाल श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्कीले दिएको पर्यटनमन्त्री बनाउने वचन फेरेपछि मन्त्री बन्न अनिच्छुक रहेको बताएका छन्।
  • प्रधानमन्त्रीले शनिबार बालुवाटारमा पर्यटनमन्त्री बनिदिन आग्रह गरे पनि भोलिपल्ट भूमिसुधार मन्त्रीमा नियुक्त हुने खबर पाएपछि श्रेष्ठले अस्वीकार गरेका हुन्।
  • श्रेष्ठले पर्यटन मन्त्रालय राष्ट्रियता र देशको भविष्यसँग जोडिएको भन्दै कुनै माफिया शक्तिको दबाब नपर्न सचेत गराएका छन्।

९ कात्तिक, काठमाडौं। सम्पदा संरक्षण अभियन्ता गणपतिलाल श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्कीले पर्यटनमन्त्री बनाउन दिएको वचन फेरेपछि आफू मन्त्री बन्न अनिच्छुक रहेको बताएका छन् ।

आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले ८ गते शनिबार बालुवाटारमा बोलाएर पर्यटनमन्त्री बनिदिन आग्रह गरेको तर भोलिपल्ट अर्कैलाई वचन दिइसकेको बताएपछि आफू मन्त्री बन्न अस्वीकार गरेको बताएका हुन्।

‘हिजो शनिबार प्रधानमन्त्री ज्यूले बालुवाटार बोलाएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका लागि सक्षम व्यक्ति भएकाले भोलि शपथको तयारी गर्नुस् भन्नुभयो,’ उनले भनेका छन्, ‘तर भोलिपल्ट विहान एकाएक आफूट भूमिसुधार मन्त्रीमा नियुक्त हुन लागेको खबर पाउँदा प्रधानमन्त्रीसँग प्रश्‍न सोध्दा अर्कैलाई वचन दिइसकेको जवाफ दिनुभयो।मेरो प्रश्‍नको खास जवाफ नआएपछि आफू अरू भूमिमन्त्री बन्‍न अनिच्छुक रहेको पुन: प्रष्ट परेक थिएँ।’

उनले आफू निजी हितका लागि मन्त्री बन्‍न नगएको भन्‍दै जुन मन्त्रालय दिए बसीहाल्नेखालको व्‍यक्ति नभएको बताएका छन्। उनले भनेका छन्, ‘ हिजो अभियानहरू निजी हितका लागि गरेको होइन भने आज मन्त्री बन्न पनि निजी हितका लागि गउको होइन। नैतिकता र स्वाभिमान नै मेरो लागि मन्त्रीपदभन्दा महत्वपूर्ण लागेको छ।’

उनले पर्यटन मन्त्रालय राष्ट्रियता र देशको भविष्यसँग जोडेकाले कुनै त्यस्ता अदृश्य र माफिया शक्तिले दबाब र प्रभावमा नपर्न समेत सचेत गराएका छन्। ‘ यो मन्त्रालय देशको राष्ट्रिय विविधता र अस्तित्वसँग जोडिएकाले कुनै त्यस्ता अदृश्य माफिया शक्तिले नागरिक दबाब र प्रभावमा नपरोस्।’

साथै उनले शहीद र घाइतेको त्याग र बलिदान विपरीतको कार्य नगर्न समेत सचेत गराएका छन् ।

हेर्नुहोस् विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?