+
+
Shares

पैदललाई कुटपिट गर्दै नगद र सुन लुटपाट गर्ने गिरोहका तीन जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ९ गते २२:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिका–२७ जमलस्थित सडकपेटीमा पैदल हिँड्ने व्यक्तिलाई कुटपिट गरी नगद र सुनको सिक्री लुटपाट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा घर भई चन्द्रागिरि बस्ने अर्जुन श्रेष्ठ, झापाको झिलझिले घरकी सिर्जना राई र रामेछाप घरकी विनिता मगर रहेका छन्।
  • उनीहरूले २३.३० ग्राम सुनको सिक्री, मोबाइल र रु दुई हजार २३५ नगद लुटपाट गरेका थिए र जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
९ कात्तिक, काठमाडौं । पैदल यात्रुलाई कुटपिट गरी नगद र सुनको सिक्री लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौं महानगरपालिका–२७ जमलस्थित सडकपेटीमा पैदल हिँड्दै गरेका व्यक्तिलाई कुटपिट गरी नगद र सुनको सिक्री लुटपाट गर्ने तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा घर भई हाल चन्द्रागिरि बस्ने २१ वर्षीय अर्जुन श्रेष्ठ, झापाको झिलझिले घर भई काठमाडौंको नैकाप बस्ने २० वर्षीया सिर्जना राई र रामेछाप घर भई काठमाडौँको डल्लु बस्ने २२ वर्षीया विनिता मगर रहेका छन् ।
परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पैदल हिँडेका व्यक्तिलाई कुटपिट गरेर सामान लुट्ने गिरोहमाथि जिल्ला अदालत काठमाडौँबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिए ।
प्रहरी उपरीक्षक भट्टराईका अनुसार उनीहरूले पैदल हिँड्ने व्यक्तिसँग २३.३० ग्राम सुनको सिक्री, एक थान मोबाइल र रु दुई हजार २३५ नगद लुटपाट गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?