+
+
Shares

एक महिनामा ५० प्रतिशतसम्म बढ्यो आलुको मूल्य

स्थानीय बजारमा आलुको मूल्य बढेको छ । सोमबार कालीमाटी बजारमा रातो आलु प्रतिकिलो थोकमा न्यूनतम ६८ देखि अधिकतम ७० रुपैयाँमा किनबेच भइरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १० गते ११:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि आलुको मूल्य बढेको मूल्यसूची सार्वजनिक गरेको छ।
  • रातो आलुको थोक मूल्य न्यूनतम ६८ देखि अधिकतम ७० रुपैयाँ र सेतो आलुको मूल्य न्यूनतम ५७ देखि अधिकतम ६० रुपैयाँ कायम छ।
  • एक महिनामा रातो आलुको मूल्य प्रतिकिलो १८ रुपैयाँ र सेतो आलुको मूल्य १९ रुपैयाँले बढेको तथ्यांकले देखाउँछ।

१० कात्तिक, काठमाडौं । स्थानीय बजारमा आलुको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि निर्धारण गरेको मूल्यसूची अनुसार आलुको मूल्य बढेको देखिएको हो ।

बजारमा रातो, सेतो गरी दुई प्रकारका आलु किन्न पाइन्छ । त्यसमध्ये रातो आलु भारतीय पनि बजारमा आउँछ ।

आज सोमबार कालीमाटी बजारमा रातो आलु प्रतिकिलो थोकमा न्यूनतम ६८ देखि अधिकतम ७० रुपैयाँमा किनबेच भइरहेको छ । औसत मूल्य भने ६९ रुपैयाँ रहेको छ । हिजो आइतबार रातो आलु ६७ देखि ७० रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै भारतीय रातो आलु हिजो आइतबार प्रतिकिलो थोकमा न्यूनतम ३४ देखि अधिकतम ३६ र औसत ३५ रुपैयाँमा किनबेच भएकामा आज न्यूनतम ३६ देखि अधिकतम ३८ रुपैयाँमा किनबेच भइरहेको छ ।

सेतो आलुको पनि मूल्य बढेको छ । सेतो आलु प्रतिकिलो थोकमा न्यूनतम ५७ देखि अधिकतम ६० रुपैयाँ कायम छ । औसत मूल्य भने ५८ रुपैयाँ छ । हिजो सेतो आलु प्रतिकिलो थोकमा न्यूनतम ५५ देखि अधिकतम ५८ रुपैयाँमा किनबेच भएको थियो ।

एक महिनामा आलुको मूल्य ३५ देखि ५० प्रतिशतसम्म बढेको छ । रातो आलुको मूल्य एक महिनामा ३५ प्रतिशतसम्म बढेको छ । एक महिना अवधिमा रातो आलु किलोमा १८ रुपैयाँ बढेको तथ्यांकले देखाउँछ ।

१० असोजमा औसतमा प्रतिकिलो ५१ रुपैयाँमा किनबेच भएको रातो आलु १० कात्तिकमा ६९ रुपैयाँ पुगेको छ ।

यस्तै सेतो आलुको मूल्य पनि ५० प्रतिशतले बढेको छ । एक महिना अवधिमा सेतो आलुको मूल्य प्रतिकिलो १९ रुपैयाँ बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?