+
+
Shares

अन्डाको भाउ बढ्यो, होलसेल मूल्य प्रतिक्रेट ५ सय

भाउ बढेसँगै ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५ सय रुपैयाँ र मध्यम अन्डाको ४ सय ५० रुपैयाँ पुगेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १० गते १२:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल लेयर्स कुखुरापालक संघले उत्पादन घटेको र खपत बढेको कारण सोमबारदेखि अन्डाको भाउ बढाएको छ।
  • संघ अध्यक्ष विनोद पोखरेलले ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५ सय र मध्यम अन्डाको ४ सय ५० रुपैयाँ पुगेको बताए।
  • उपभोक्ताका लागि अन्डाको खुद्रा मूल्य २२ रुपैयाँ हाराहारीमा रहेको र मूल्यवृद्धिले ५०-७० पैसाको मात्र फरक पार्ने उनले खुलाए।

१० कात्तिक, काठमाडौं । अन्डाको भाउ फेरि बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले आज सोमबारदेखि लागु हुने गरी अन्डाको भाउ बढाएको हो ।

उत्पादन घटेको र खपत बढेको भन्दै संघले फेरि अन्डाको भाउ बढाएको छ । संघ अध्यक्ष विनोद पोखरेलले भाउ बढेसँगै ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५ सय रुपैयाँ र मध्यम अन्डाको ४ सय ५० रुपैयाँ पुगेको बताए ।

अध्यक्ष पोखरेलका अनुसार अघिल्लो दरको तुलनामा प्रतिक्रेटमा ५० रुपैयाँ भाउ बढाइएको हो । यो मूल्यवृद्धि चितवनलाई आधार बनाएर निर्धारण गरिएको हो ।

उपभोक्ताका लागि एउटा अन्डाको खुद्रा मूल्य भने २२ रुपैयाँकै हाराहारीमा रहेको र उपभोक्ता मूल्यमा त्यति ठूलो फरक नआउने उनको दाबी छ ।

‘उपभोक्ता मूल्यमा ५०-७० पैसाको मात्रै परिवर्तन हुन्छ, यसले ठूलो असर पार्दैन,’ उनले भने ।

उत्पादकले होसलसेल (थोक) मा बेच्ने भाउ बढाएपछि होलसेलरले व्यापारीलाई नै महँगोमा अन्डा बेच्छन् । यसो हुँदा उपभोक्ताले महँगोमा अन्डा किन्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?