+
+
Shares

सरकारले घोषित मितिमै चुनाव गराउनुपर्छ : डीपी अर्याल

टोपराज शर्मा टोपराज शर्मा
२०८२ कात्तिक १० गते १५:२९
फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा कार्यवाहक सभापति डीपी अर्यालले सरकारले घोषणा गरेको मितिमै चुनाव गराउनुपर्ने बताएका छन्।
  • अर्यालले भदौ २३ गतेको जेनजी आन्दोलनमाथि सरकारले दमन र हत्या गरेको र दोषीमाथि कानुन अनुसार कारबाही हुनुपर्ने बताए।
  • रास्वपाले मतदाता परिचयपत्र बनाउन ७७ वटै जिल्लामा पार्टीका सबै संरचनालाई कात्तिक २५ सम्म सहयोगी भूमिका निर्वाह गर्न निर्देशन दिएको छ।

१० कार्तिक, बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्यालले सरकारले घोषित मितिमै चुनाव गराउनुपर्ने बताएका छन् ।

आज भैरहवामा पत्रकारहरूसँग कुरा गर्दै अर्यालले मुलुकलाई सही निकास दिन चुनाव बाहेक अरू विकल्प नभएको बताए ।

‘रास्वपा चुनावमा केन्द्रित भइसक्यो, पार्टी उपसभापति स्वर्णिम वाग्लेले नेतृत्वमा बाचा पत्र तायारेको काम भइरहेको छ, कार्तिक १५ गते निर्वाचन केन्द्रित कार्यक्रम घोषणा गर्दैछौं,’ अर्यालले भने, ‘अरू दलले पनि चुनाव सम्पन्न गर्न सहयोग गर्नु पर्छ ।’

अन्तरिम सरकारको मुख्य म्यान्डेट चुनाव गराउनु भएको बताउँदै उनले चुनाव गराउन नसके राज्य असफल हुने बताए ।

निर्वाचन आयोगले आह्वान गरेअनुसार मतदाता परिचयपत्र बनाउन रास्वपाले ७७ वटै जिल्लामा पार्टीका सबै संरचनालाई कात्तिक २५ सम्म सहयोगी भूमिका निर्वाह गर्न निर्देशन दिएको अर्यालले बताए ।

पत्रकारको जिज्ञासामा कार्यवाहक सभापति अर्यालले रास्वपालाई मुलधारको पहिलो शक्ति बनाउन जेनजी अगुवा, कुलमान घिसिङ लगायत नयाँ शक्ति र समूहलाई एकै ठाउँमा ल्याउन निरन्तर संवाद र छलफल भइरहेको र वार्ता एकदमै सकारात्मक रहेको बताए ।

तर, यसबारे सञ्चार माध्यममा आएका समाचारमा सत्यता नभएको अर्यालले स्पष्ट पारे ।

अर्यालले भदौ २३ गते सरकारले जेनजी आन्दोलनमाथि दमन र हत्या गरेको बताउँदै २४ गरेको घटना विध्वंस भएको बताए ।

भदौ २३ को घटनाका दोषीमाथि कानुन अनुसार कारबाही हुनुपर्नेमा जोड दिँदै उनले गौरी बहादुर कार्की नेतृत्वको आयोगले नपुगे त्यसलाई थप विस्तार र बलियो बनाउनु पर्ने सुझाए ।

२३ गतेको घटनामा सरकारले भीड नियन्त्रणको न्यूनतम आचार संहिता पनि पालना नगरी अत्यधिक बल प्रयोग गरी हत्यामा उत्रिएको बताए ।

सरकारको नेतृत्वले प्रतिपक्षी दलहरूले , समाजका विभिन्न वर्ग र समुदायका आवाज नसुनेर दुई तिहाईको दम्भमा नजर अन्दाज गरेकाले जेनजी विद्रोह हुन पुगेको अर्यालको भनाइ थियो ।

२४ गरेका घटनाका सम्बन्धमा सामाजिक सञ्जालमा आएका तस्वीरका आधारमा नभई गहिराइमा पुगेर अनुसन्धान गरी प्रमाणका आधारमा कारबाही हुनुपर्ने बताए ।

पार्टीको महाधिवेशन बारे सोधिएको प्रश्नमा अर्यालले आफ्नो पार्टीको महाधिवेशन गर्ने समय आई नसकेको बताए ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?