+
+
Shares

लापसे गरी सवारी चलाउने ६ चालक प्रहरी कारबाहीमा

कैलालीमा लापसे गरेर सवारीसाधन चलाउने ६ जना चालक पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १० गते १५:४६

१० कात्तिक, धनगढी । कैलालीमा लागु पदार्थ सेवन (लापसे) गरेर सवारीसाधन चलाउने ६ जना चालक पक्राउ परेका छन् ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले सोमबार गोदावरी नगरपालिका-४ को भीमदत्त राजमार्गमा गरेको लापसे चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरिएको जनाएको छ ।

ट्राफिक प्रहरी प्रवक्ता एवं डीएसपी टेकबहादुर जोराका अनुसार पक्राउ पर्नेमा साना तथा ठूला यात्रुबाहक सवारी चलाउने चालकहरू छन् ।

जाँचका क्रममा उनीहरूको रिपोर्ट पाेजेटिभ देखिएपछि नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय मालाखेतीकाे जिम्मा लगाइएको जोराले बताए ।

पक्राउ पर्नेमा सुपप्र०४–००१ ज ००४७ नम्बरको जिप चालक २७ वर्षीय जनक सिंह धामी, सुपप्र०२–००१ ज ०६२४ को गाडी चालक २७ वर्षीय महेश ठगुन्ना, सुपप्र०१–००१ ख ९३६० नम्बरको माइक्रो चालक २४ वर्षीय उमेश बुढाऐर रहेका छन् ।

यसैगरी पक्राउ पर्नेमा सुपप्र०२–००१ ज ६०६ नम्बरको गाडी चालक ३० वर्षीय लक्ष्मण साउद, बा २ ख २२४३ नम्बरको माइक्रो चालक ३३ वर्षीय रामबहादुर थापा र सुपप्र ०१–००१ ज १७८१ नम्बरको गाडी चालक २१ वर्षीय हरिश धामी रहेका छन् ।

सुदूरपश्चिममा पछिल्लो समय यात्रुबाहक सवारी चालकले लापसे गरेर सवारी चलाउने क्रम बढ्दै गएकोले दुर्घटनाको जोखिमलाई ध्यानमा राखेर ट्राफिक प्रहरीले नियमित निगरानी र आकस्मिक परीक्षण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?