+
+
Shares

अन्नपूर्ण पदयात्रामा फसे पर्यटक, उद्धार टोली परिचालित (तस्वीरहरू)

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८२ कात्तिक ११ गते ११:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अन्नपूर्ण आधार शिविर पदयात्रामा वर्षा र हिमपातका कारण पूर्ण रोक लगाइएको छ।
  • नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय उद्धारकर्मीको टोलीले फसेका पदयात्री उद्धारका लागि परिचालित भएको छ।
  • अन्नपूर्ण गाउँपालिकाले आवश्यक सहयोगका लागि प्रहरी कन्ट्रोल १०० नम्बर वा नजिकको प्रहरी सम्पर्क गर्न भनेको छ।

११ कात्तिक, काठमाडौं । अन्नपूर्ण आधारशिविर पदयात्रामा पूर्ण रोक लगाइएको छ । सो क्षेत्रमा वर्षा र हिमपात भैरहेकाले पदयात्रामा रोक लगाइएको हो ।

सो स्थानमा केही पदयात्रीहरु तल झर्न र माथि उक्लिन सकिरहेका छैनन् । उनीहरुलाई सहजीकरण गर्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय उद्धारकर्मी इन्द्र शेरचन थकाली सहितको टोली खटिएको छ । सो टोली अन्नपूर्ण गाउँपालिकासँग समन्वय गरी परिचालित भएको हो ।

उद्धार टोलीका एक सदस्य शेरचनले विभिन्न स्थानमा मानिसहरु फसिरहेको सूचना पाएकाले तिनीहरुलाई उद्धारका लागि आफूहरु परिचालित भएको बताए ।

अन्नपूर्ण गाउँपालिकाले आवश्यक सहयोग वा सूचना चाहिएमा प्रहरी कन्ट्रोलको १०० नम्बर वा नजिकको प्रहरी वा अन्नपूर्ण गाउँपालिकाका प्रतिनिधिहरुलाई सम्पर्क गर्न भनेको छ ।

तस्वीर : पुष्पराज चौलागाईं ।

 

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?