+
+
Shares

विप्लव नेतृत्वको नेकपा दल दर्ताका लागि निर्वाचन आयोग जाँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ११ गते १२:०५

११ कात्तिक, काठमाडौं । दल दर्ता प्रक्रियाका लागि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेताहरु आज निर्वाचन आयोग जाँदै छन् । नेता सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा, कर्णजित बुढा लगायतका नेताहरु वकिलहरुसहित निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथ जान लागेका हुन् ।

नेता बुढामगरले दल दर्ता प्रक्रियाका लागि आवश्यक कागजातसहित निर्वाचन आयोग जान लागेको अनलाइनखबरलाई बताए ।

‘पहिले पनि आयोगमा गएका थियौं । त्यतिबेला केके कागज पत्र पुगेको थिएन । आज थप कागजपत्र लिएर वकिलहरुसहित बुझ्न जाँदैछौं,’ बुढामगरले अनलाइनखबरसँग भने ।

उनले यही कात्तिक महिनाभित्रै दल दर्ता गर्ने पनि बताए ।

निर्वाचन आयोगले आगामी फागुन २१ गते तय भएको निर्वाचनका लागि यही कात्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?