+
+
Shares

कार्म, परीक्षा लिम्बुलाई लिएर फिल्म ‘हिमालयन गोल्ड’ बन्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ११ गते १३:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • छायाँलय फिल्म्सले ह्वाइट एलिफन्ट मोसन पिक्चर्ससँग सहकार्यमा कथानक फिल्म 'हिमालयन गोल्ड' निर्माण गर्ने घोषणा गरेको छ।
  • धीरज राजवंशीको निर्देशनमा नोभेम्बरदेखि छायांकन सुरु हुने फिल्म सन् १९९२ को पृष्ठभूमिमा हिमाली क्षेत्रको परिवेशमा आधारित छ।
  • फिल्ममा यार्सागुम्बा संकलन गर्न गएकी युवतीले लुटेरा समूहसँग सामना गर्ने कथा प्रस्तुत हुनेछ र वशिष्ठ प्रधानले छायांकन गर्नेछन्।

काठमाडौ । ह्वाइट एलिफन्ट मोसन पिक्चर्ससँगको सहकार्यमा छायाँलय फिल्म्सले कथानक फिल्म ‘हिमालयन गोल्ड’ निर्माणको घोषणा गरेको छ ।

धीरज राजवंशीको पटकथा र निर्देशन रहने फिल्मको छायांकन नोभेम्बरदेखि सुरु हुने जनाइएको छ ।

हिमाली क्षेत्रको परिवेशमा आधारित हुने फिल्ममा कार्म, परीक्षा लिम्बु, सुनील थापा, मेनुका प्रधान, साजन थापा, अंकित खड्का, सुनील तामाङ, तेन्जिङ ठाकुरी, सबिता अधिकारी, ऋषिकेश बस्याल र राहुल मुखियाको अभिनय हुनेछ ।

‘फिल्मले जीवन, साहस र आशाको कथा प्रस्तुत गर्छ’ निर्देशक राजवंशले अनलाइनखबरसँग भने ।

सन् १९९२ कालखण्डको पृष्ठभूमिमा बन्ने फिल्ममा एक युवतीले यार्सागुम्बा संकलन गर्न हिमाल चढ्ने क्रममा निर्दयी लुटेरा समूहसँग सामना गर्नुपर्छ ।

यार्सागुम्बालाई औषधीय मूल्यका कारण ‘हिमालयन गोल्ड’का रूपमा चिनिन्छ । फिल्ममा हिमाली क्षेत्रलाई जीवित पात्रका रूपमा चित्रण गरिने निर्देशक राजवंशीले जनाए ।

‘कलंक’, ‘लस्ट स्टोरीज’ र ‘सस्पेक्ट’ जस्ता भारतीय फिल्ममा काम गरिसकेका छायाँकार वशिष्ठ प्रधानले यो फिल्म खिच्नेछन् । आफूले हिमालयको भव्यता र मानवीय संवेदनशीलता दुबै पक्षलाई पर्दामा उतार्ने तयारी गरेको उनले बताए ।

अर्थपूर्ण र मनोरञ्जनात्मक दुबै पक्ष समेटेर यो फिल्ममार्फत देशको कथा र सौन्दर्यलाई विश्वसामु पुर्‍याउने लक्ष्य राखेको जनाएको छायाँलय फिल्म्सले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?