News Summary
Generated by OK AI. Editorially reviewed.- श्रीनगर एग्रिटेक कम्पनीको प्राथमिक सेयर (आईपीओ) बिक्री प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले १२ कात्तिकमा बाँडफाँट गरेको छ।
- कम्पनीले सर्वसाधारणका लागि २५ लाख १० हजार ४९३ कित्ता आईपीओ निष्कासन गरेको थियो र १८ लाख ६९ हजार ३३० आवेदन स्वीकृत भएका थिए।
- स्वीकृत आवेदनमध्ये २ लाख ५१ हजार ४९ जनाले सेयर पाएका छन् र नतिजा आईपीओ रिजल्ट डट् सीडीएससी डट् कम डट् एनपीमा हेर्न सकिनेछ।
१२ कात्तिक, काठमाडौं । श्रीनगर एग्रिटेक कम्पनीको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । बिक्री प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले एक औपचारिक कार्यक्रममार्फत् बुधबार बिहान आईपीओ बाँडफाँट गरेको हो ।
कम्पनीले सर्वसाधारणका लागि असोज २६ देखि २९ गतेसम्म आईपीओमा आवेदन माग गरेको थियो । कम्पनीले आम सर्वसाधारणका लागि कुल २५ लाख १० हजार ४९३ कित्ता आईपीओ निष्कासन गरेको हो ।
सोही सेयर आज समानुपातिक रुपमा बाँडफाँट भएको छ । आईपीओमा १८ लाख ९८ हजार बढीले आवेदन दिएकामा १८ लाख ६९ हजार ३३० आवेदन स्वीकृत भएको थियो।
स्वीकृत आवेदनमध्ये २ लाख ५१ हजार ४९ जनाले सेयर पाएका छन् । यीमध्ये ३ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले पाएका हुन् । यसको नतिजा केही बेरपछि आईपीओ रिजल्ट डट् सीडीएससी डट् कम डट् एनपीमा हेर्न सकिनेछ ।
रुपन्देहीको शुद्धोधन गाउँपालिकामा कम्पनीको कारोबार स्थान हो । कम्पनीले पशुपन्छी तथा माछाको दाना, आहार उत्पादन गर्दै आएको छ । त्यस्तै मासु प्रशोधन तथा शीत भण्डार स्थापना गर्ने लक्ष्य लिएको छ ।
असार मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ १३ पैसा छ भने प्रतिसेयर आम्दानी १ रुपैयाँ ६८ पैसा छ । सञ्चित नाफा २ करोड १९ लाख रुपैयाँ छ ।
प्रतिक्रिया 4