+
+
Shares

प्रतिनिधिसभाको निर्वाचनपछि पार्टीको महाधिवेशन गरौं : प्रकाशशरण महत

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १२ गते १६:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले प्रतिनिधिसभाको निर्वाचनपछि पार्टीको महाधिवेशन गर्न उपयुक्त हुने बताएका छन्।
  • महतले अहिले पार्टी एकताबद्ध भएर निर्वाचनमा ध्यान केन्द्रीत गर्नुपर्ने र चैत्र–बैशाखसम्म महाधिवेशन गर्ने कार्यतालिका बनाउन सुझाव दिए।
  • उनले संयुक्त सरकार गठनका लागि दलहरुको प्रवृतिले जनतामा निराशा छाएको र सुशासनका लागि गाह्रो भएको उल्लेख गरे।

१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले प्रतिनिधिसभाको निर्वाचनपछि पार्टीको महाधिवेशन गर्न उपयुक्त हुने बताएका छन् ।

वीपी चिन्तन प्रतिष्ठानले बुधबार काठमाडौंमा आयोजना गरेको वर्तमान अवस्थामा कांग्रेसको भूमिका विषयक कार्यक्रममा महतले अहिले पार्टी एकताबद्ध भएर निर्वाचनमा ध्यान केन्द्रीत गर्नुपर्ने र निर्वाचनपछि पार्टीको महाधिवेशन गर्न उपयुक्त हुने बताएका हुन् ।

उनले चैत्र–बैशाखसम्म महाधिवशेन गर्ने गरि अहिले नै केन्द्रीय समितिबाट कार्यतालिका बनाएर निर्वाचनमा होमिनुपर्ने सुझाव दिए ।

महतले पार्टी नेतृत्वमा पनि पार्टीभित्र बहस गर्ने व्यक्ति आउनुपर्ने जिकिर गरे । पार्टीभित्र केहि नभन्ने र बाहिर बेग्लै कुरा गर्ने दोहोरो मापदण्डले पार्टीलाई कमजोर बनाएको उनको भनाइ छ ।

त्यस्तै प्रवक्ता महतले शासन सत्ता सञ्चालन गर्ने क्रममा भएको कमजोरी र अन्तराष्ट्रिय सम्बन्धमा असन्तुलनको अवस्था देखिएका कारण अहिलेको अवस्था आएको जिकिर गरे ।

उनले निर्वाचन प्रणालीका कारण संयुक्त सरकार गठन गर्नुपर्ने र सरकार गठनका लागि जे पनि गर्ने दलहरुको प्रवृतिले जनतामा निराशा छाएको बताए ।

संयुक्त सरकारमा सहभागी हुँदा एउटा पार्टीलाई सुशासनको पक्षमा उभिन निकै गाह्रो भएको उनको भनाइ छ । महतले जेनजीलाई माध्यम बनाएर लोकतान्त्रिक पद्धति र देशलाई नै कमजोर पार्ने काम भएको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?