+

पोखरा एभेन्जर्सको नयाँ जर्सी सार्वजनिक

२०८२ कात्तिक  १२ गते १८:३० २०८२ कात्तिक १२ गते १८:३०
पोखरा एभेन्जर्सको नयाँ जर्सी सार्वजनिक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि रातो रंगको नयाँ जर्सी सार्वजनिक गरेको छ।
  • पोखराले इंग्ल्याण्डका विकेटरकिपर एडम रोसिङ्गटनलाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ।
  • नेपाली राष्ट्रिय टिमका कुशल भुर्तेल मार्की रहेका पोखराले सागर ढकाल, आकाश चन्द, विपिन खत्री लगायतलाई रिटेन गरेको छ।

१२ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले नयाँ जर्सी सार्वजनिक गरेको छ ।

क्लबले बुधबार सामाजिक सञ्जालमा एक भिडियो राख्दै जर्सी सार्वजनिक गरेको हो । जर्सीमा रातो रङको प्रयोग गरिएको छ ।

पोखराले विदेशी खेलाडीका रूपमा इंग्ल्याण्डका अनुभवी विकेटरकिपर तथा आक्रमक ब्याटर एडम रोसिङ्गटनलाई अनुबन्ध गरेको छ ।

नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेल मार्की रहेकोले पोखरा सागर ढकाल, आकाश चन्द, विपिन खत्री, किरण ठगुन्ना, तृत राज दास र दिनेश खरेललाई रिटेन गरेको थियो ।

यस्तै पोखराले अक्सनबाट अभिषेक तिवारी, अर्जुन कुमाल, कृष्ण पौडेल र सन्दीप खत्री क्षेत्री अनुबन्ध गरेको थियो ।

एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु हुँदैछ ।

पोखरा एभेन्जर्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय