+
नेपाली क्रिकेट :

लिग २ क्रिकेट : यूएईविरुद्ध टस जितेर नेपाल ब्याटिङमा

२०८२ कात्तिक  १३ गते ११:२४ २०८२ कात्तिक १३ गते ११:२४
लिग २ क्रिकेट : यूएईविरुद्ध टस जितेर नेपाल ब्याटिङमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईविरुद्ध दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ।
  • नेपाल र यूएई दुवैले पहिलो खेलमा अमेरिकासँग पराजित भएका थिए र पहिलो जितको खोजीमा छन्।
  • नेपालले यूएईसँग ओडिआईमा १५ खेल खेलिसकेको छ, जसमा नेपालले ९ र यूएईले ६ खेल जितेका छन्।

१३ कात्तिक, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईमा जारी ओडिआई शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै छ ।

दुबईस्थित आईसीसी एकेडेमीमा भइरहेको खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेपालले आफ्नो पहिलो खेलबाट कुनै परिवर्तन गरेको छैन ।

जारी शृंखलामा दुवै टोली आफ्नो पहिलो खेलमा अमेरिकासँग पराजित भएका थिए । नेपालले १०६ रनको लज्जास्पद हार बेहोरेको थियो भने यूएई ४ विकेटले पराजित भएको थियो । दुवै टोली शृंखलामा पहिलो जितको खोजीमा हुनेछन् ।

यूएईसँग नेपालले हालसम्म १५ पटक ओडिआईमा खेलेको छ । नेपाल ९ खेलमा विजयी हुँदा यूएईले ६ खेल जितेको छ ।

नेपालको प्लेइङ ११ : कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी

नेपाल र यूएई लिग २ क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय