१३ कात्तिक, हुम्ला । हुम्लामा सडक सञ्जाल जोडिएको सात वर्षको अवधिमा ७३ वटा सवारी साधन दुर्घटना हुदाँ ३६ जनाको मृत्यु भएको छ भने १४६ जना घाइते भएका छन् ।
हुम्लामा सडक सञ्जाल जोडिएको पहिलो आर्थिक वर्ष ०७६/७७ देखि हालसम्म यो क्षति भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय हुम्लाको तथ्यांकमा उल्लेख छ ।
आर्थिक वर्ष ०७६/७७ मा २ वटा सवारी दुर्घटना हुदाँ ६ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष ०७७/७८ मा ७ जनाको मृत्यु भएको थियो भने ५ जना घाइते भएको तथ्यांक छ ।
यस्तै गरी आर्थिक वर्ष ०७८/७९ मा भएको एउटा दुर्घटनामा एक जनाको मृत्यु भएको थियो ।
आर्थिक वर्ष ०७९/०८० मा ११ वटा सवारी साधन दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । ६ जना अझै बेपत्ता छन् ।
आर्थिक वर्ष ०८०/८१ मा १७ वटा सवारी दुर्घटना भएका छन् । जसमा चार जनाको मृत्यु र ३५ जना घाइते भएका छन् ।
आर्थिक वर्ष ०८१/०८२ मा ३१ वटा सवारी दुर्घटना भए । जसमा ११ जनाको मृत्यु हुदाँ ४२ जना घाइते भएका छन् ।
यस्तै गरी०८२/०८३ को असोज महिनासम्म ९ वटा सवारी दुर्घटना भएका हुँदा ५ जनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन् ।
२ वर्षमा ६७० सवारी साधन कारबाहीमा
जिल्ला ट्राफिक प्रहरी कार्यालय हुम्लाले आर्थिक वर्ष ०८१/८२ मा हुम्ला जिल्ला भरी टा«फिक नियम उलघन गर्ने ५६२ वटा सवारीलाई काबाही गरेको छ ।
क्षमता भन्दा बढी भार बोकेर हिँड्ने सवारी साधनबाट चार लाख ६१ हजार राजस्व संकलन गरेको जिल्ला टाफिक प्रहरी हुम्लाका इन्चार्ज प्रहरी हवालदार भीमबहादुर बुढाले जानकारी दिए ।
०८२/०८३ श्रावण असोज मसान्तसम्मम १०८ वटा ट्राफिक नियम उल्लंघन गरेका सवारीबाट ८० हजार राजस्व संकलन भएको जिल्ला इन्चार्ज बुढाले बताए ।
हुम्लामा दुई वटा अस्थायी ट्राफिक पोष्ट सर्केगाड र मैला कबाडीमा रहेका छन् ।
प्रतिक्रिया 4