+
+
Shares
एकीकृत समाजवादी बैठक :

प्रमेश हमालको ब्रिफिङ– माओवादीसँग एकताको ६ महिनाभित्रै नेतृत्व पुनर्गठन

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १३ गते १५:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता प्रमेश हमालले नेकपा माओवादी केन्द्रसँग एकता गरेको ६ महिनाभित्र नेतृत्व पुनर्गठन गर्ने सहमति जुटेको बताएका छन्।
  • पार्टी एकता प्रक्रियामा सिद्धान्त, संगठन र नेतृत्वबारे मुख्य तीन विषयमा सहमति पुगेको हमालले केन्द्रीय कमिटी बैठकमा जानकारी दिएका छन्।
  • एकीकृत पार्टीको सैद्धान्तिक कार्यदिशा समाजवादी क्रान्ति हुने र नेतृत्व परिवर्तन एक प्रक्रियाबाट हुने हमालले खुलाएका छन्।

१३ कात्तिक, काठमाडौ । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता प्रमेश हमालले नेकपा माओवादी केन्द्रसँग एकता गरेको ६ महिनाभित्रै नेतृत्व पुनगर्ठन गर्ने सहमति जुटेको बताएका छन् ।

केन्द्रीय कमिटी बैठकमा पार्टी एकता प्रक्रियाबारे जानकारी दिने क्रममा उनले यस्तो बताएका हुन् । हमालका अनुसार पार्टी एकता प्रक्रियामा मुख्य तीन विषयमा सहमति जुटेको छ । ‘सिद्धान्त, संगठन र नेतृत्वबारे एउटा सहमतिमा पुगेका छौ,’ हमालले बैठकमा भनेका छन् ।

एकता गर्ने दलहरुबीच सिद्धान्तका बारेमा लामै छलफल भएर निष्कर्षमा पुग्ने अवस्था रहेको उनले बताए । उनले दिएको जानकारी अनुसार एकीकृत पार्टीको सैद्धान्तिक कार्यदिशा समाजवादी क्रान्ति हुनेछ ।

सम्मानजनक संगठनात्मक एकता हुने दोस्रो सहमति रहेको हमालले बताएका छन् । तेस्रो सहमति भने नेतृत्वबारे भएको छ ।

‘६ महिनाभित्र नेतृत्व पुनर्गठन वा पुनर्निर्माण गर्ने भन्ने छ,’ उनले भने, ‘एउटा प्रक्रियबाट नेतृत्व परिवर्तन हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?