+
+
Shares

तोलामा २७ सय बढ्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १४ गते १०:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको भाउ प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेर २ लाख ३९ हजार रुपैयाँ पुगेको जनाएको छ।
  • चाँदीको भाउ पनि प्रतितोला ८० रुपैयाँले बढेर ३ हजार ६० रुपैयाँ पुगेको छ।
  • अमेरिकी केन्द्रीय बैंकले ब्याजदर ०.२५ प्रतिशत विन्दुले घटाउँदा सुनचाँदीको भाउ बढ्न दबाव परेको महासंघले बताएको छ।

१४ कात्तिक, काठमाडौं । शुक्रबार सुनको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा आज मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज सुन प्रतितोला मूल्य २ लाख ३९ हजार रुपैयाँ तय भएको छ । अघिल्लो दिन २ लाख ३६ हजार ३ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ प्रतितोला ८० रुपैयाँ बढेको छ । अघिल्लो दिन चाँदीको भाउ प्रतितोला २ हजार ९८० रुपैयाँ रहेकोमा आज बढेर ३ हजार ६० रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिन मूल्य बढेपछि नेपाली बजारमा प्रभाव परेको हो ।

अमेरिकी केन्द्रीय बैंकले हालै कोषको ब्याजदर ०.२५ प्रतिशत विन्दुले घटाएको थियो । ब्याजदर कटौतीले पनि सुनचाँदीको भाउ बढ्न दवाव पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?