+
+
Shares

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १४ गते ११:३२

१४ कात्तिक, काठमाडौं । उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बस्दैछ ।

यो समिति निर्वाचन आयोगका आयुक्त सगुन शम्शेर जबराको संयोजकत्वमा छ । आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको सुरक्षाको सम्बन्धमा छलफल गर्न समितिको बैठक बस्न लागेको हो ।

निर्वाचन आयोगकै कार्यालयमा दिउँसो हुने छलफलमा गृह मन्त्रालयका सचिव, रक्षा मन्त्रालयका सचिव, सुरक्षा निकायका अधिकारीहरू सहभागी हुनेछन् ।

निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार समितिले निर्वाचन सुरक्षाको विषयमा छलफल गर्नुका साथै आवश्यक रणनीति समेत तय गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?