News Summary
Generated by OK AI. Editorially reviewed.- दक्षिण अफ्रिकाका स्टार ब्याटर फाफ डुप्लेसी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेटमा विराटनगर किङ्सबाट खेल्ने भएका छन्।
- विराटनगर किङ्सले सामाजिक सञ्जालमार्फत फाफ डुप्लेसी अनुबन्ध भएको जानकारी दिएको हो।
- डुप्लेसीले दक्षिण अफ्रिकाका लागि ५० खेलमा १५२८ रन बनाएका छन् र समग्र टी-२०मा ४२४ खेलमा ११,९०६ रन बनाएका छन्।
१४ कात्तिक, काठमाडौं । दक्षिण अफ्रिकाका स्टार ब्याटर फाफ डुप्लेसीले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्सबाट खेल्ने भएका छन् ।
टोलीले शुक्रबार सामाजिक सञ्जालमार्फत डुप्लेसी अनुबन्ध भएको जनाएको हो । यसअघि दिइएका हिन्टमा फाफ खेल्नेबारे चर्चा भएपनि तेस्रो हिन्टमा भने एबी डिभिलियर्सको फोटो पनि राखेर केही अलमल पारिएको थियो ।
चौथो हिन्टमा भने फाफले आईपीएलमा लखनउविरुद्ध खेल्दा प्रहार गरेको विशाल छक्कालाई देखाइएको छ, जहाँबाट फाफ नै उक्त खेलाडी भएको कुरा बुझिन्छ ।
अन्तत: फाफ डुप्लेसी नै अनुबन्ध भएको विराटनगरले आधिकारिक रूपमा जानकारी दिएको हो ।

उनले दक्षिण अफ्रिकाका लागि ५० खेलमा १५२८ रन बनाएका छन् । त्यस्तै समग्र टी-२०मा ४२४ खेलमा ११,९०६ रन बनाएका छन् ।
उनी विश्वका उत्कृष्ट फिल्डरमध्ये एक हुन् । उनले समग्र टी-२०मा २११ क्याच लिएका छन् ।
फाफले चेन्नई सुपर किङ्सबाट आईपीएल क्रिकेटको उपाधि जितेका छन् भने सेन्ट लुसिया किङ्सबाट सीपीएलको उपाधि जितेका छन् ।
उनले त्यसबाहेक बिग ब्यास लिग, मेजर लिग क्रिकेट, पीएसएल, बीपिएल, भाइटालिटी ब्लास्ट, एसएटी-२० लगायतका फ्रेन्चाइज लिग खेलेका छन् ।
‘फाफ डु प्लेसिसजस्ता विश्वस्तरीय खेलाडी आउनु बिराटनगर किंग्स र एनपिएलको लागि गर्वको कुरा हो। उनको आगमनले बिराटनगर किंग्स र एनपिएलको लागि आउने दिनमा अन्य बिश्व स्तरिय खेलाडी आउन अझ उत्साहित हुनेछन्’ निर्देशक दीपेन्द्र चौधरीले भनेका छन् ।
फाफ डु प्लेसिसको आगमनले बिराटनगर किंग्सका खेलाडीहरूलाई उनि सँग ड्रेसिंग रुम, उनको अन्तर्राष्ट्रिय क्रिकेटको अनुभवबाट धेरै सिक्ने अवसर का साथै एनपीएललाई विश्वस्तरमा पुर्याउने टोलीले विश्वास लिएको छ ।
विराटनगरले यसअघि स्कटल्यान्डका जर्ज मन्से र अस्ट्रेलियाका साम हिजलेटलाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ ।
विराटनगरले दोस्रो सिजनका लागि मार्की सन्दीप लामिछानेसहित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट र सुवास भण्डारीलाई रिटेन गरेको छ ।
अक्सनबाट विराटनगरले सूर्य तामाङ, साहिल पटेल र नारायण जोशी अनुबन्ध गर्दा विश लिस्टबाट शर्वन किस्कु र शंकर राना अनुबन्ध गरेको छ ।
एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि सुरु हुँदैछ ।
 
                    










 २०८२ कात्तिक  १४ गते १६:५९
                        २०८२ कात्तिक  १४ गते १६:५९                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4