 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- अध्यागमन विभागले पछिल्लो तीन महिनामा अध्यागमन सम्बन्धी कसुर गरेको आरोपमा १२४ विदेशी नागरिकलाई डिपोर्ट गरेको छ।
- महानिर्देशक रामचन्द्र तिवारीले विदेशी नागरिकलाई ट्रयाकिङ गर्ने नयाँ प्रणाली लागु गर्ने तयारी भइरहेको बताए।
- विदेशी नागरिकको दर्ता तथा अनुगमन प्रणाली (एफएनआरटीएस) अन्तर्गत एयरलाइन्स र होटलहरूसँग समन्वय गरी जानकारी संकलन गरिनेछ।
१४ कात्तिक, काठमाडौं । अध्यागमन सम्बन्धी कसुर गरेको आरोपमा पछिल्लो तीन महिनामा १२४ विदेशी नागरिकलाई डिपोर्ट गरिएको छ ।
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार ओभर स्टेदेखि विभिन्न अध्यागमनसम्बन्धी अपराध गरेको आरोपमा १२४ विदेशी नागरिकलाई पछिल्लो तीन महिनामा डिपोर्ट गरिएको हो ।
विभिन्न भिसामा नेपाल आउने र यहाँ आएर अध्यागमन कानुन उल्लंघन गर्नेहरूमाथि कडाइका साथ कारबाही प्रक्रिया अघि बढाइएको उनले बताएका छन् ।
त्यसैगरी विदेशी नागरिकलाई ट्रयाकिङ गर्ने नयाँ सिस्टम ल्याउन लागिएको पनि अध्यागमन विभागले बताएका छ ।
नेपाल प्रवेश गरिसकेपछि ती नागरिकहरु कहाँ कुन अवस्थामा छन् भन्ने जानकारी नहुँदा उनीहरुकै सुरक्षामा समेत असर पर्ने गरेकाले ट्रयाकिङ सिस्टम ल्याउन लागिएको बताइएको छ ।
त्यसका लागि विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणाली (एफएनआरटीएस) लागु गर्ने क्रममा रहेको महानिर्देशक तिवारीले बताए ।
यसका लागि उक्त सिस्टममा विदेशी नागरिक नेपाल आएपछि कहाँ–कहाँ जान्छन्, कहाँ बस्छन् भन्ने सामान्य सूचनाहरू रहने छन् ।
यसका लागि एयरलाइन्सदेखि होटलहरूसँग समेत समन्वय गरेर काम हुने विभागले जनाएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4