+
+
Shares

‘नेपहपको श्रीपेच’ सिजन ३ को घोषणा, डिजिटल अडिसन खुल्यो

अघिल्लो संस्करणमा मानस घले, गिरिश खतिवडा र महेश तामाङ ‘दोङ’ निर्णायक रहेकोमा यस सिजनमा भने मानस घले, गिरिश खतिवडालाई मात्र सार्वजनिक गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १४ गते १७:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हिपहप टिभी शो ‘नेपहपको श्रीपेच’को तेस्रो सिजन मंसिर अन्त्यदेखि प्रसारण हुने घोषणा गरिएको छ।
  • डिजिटल अडिसन २५ कार्तिकसम्म खुला रहने र सहभागीले नेपालीर्‍याप डटकममार्फत भिडियो अपलोड गर्न सक्ने जनाइएको छ।
  • विजेताले १० लाख रुपैयाँ नगदसहित विश्व टूर र ब्रान्डसँग सहकार्य गर्ने अवसर पाउनेछन् भने उपविजेताले ५ लाख नगद पाउनेछन्।

काठमाडौं । अघिल्ला २ सिजन सफल भएसँगै हिपहप टिभी शो ‘नेपहपको श्रीपेच’को तेस्रो सिजनको घोषणा गरिएको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा शोको घोषणा गरियो । सो अवसरमा डिजिटल अडिसन खुला गरिएको जनाइयो ।

अडिसन २५ कार्तिकसम्म खुला हुने जनाइएको छ । तेस्रो सिजनको शीर्ष प्रायोजकको रुपमा ‘रेड बुल’ हुने जनाइएको छ ।

डिजिटल तथा भौतिक दुवै माध्यमबाट अडिसन लिइने शोमा सहभागी हुन प्रतियोगीले नेपालीर्‍याप डटकममार्फत भिडियो अपलोड गर्न सक्नेछन् ।

साथै नेपहपको श्रीपेचको अफिसियल फेसबुक पेज, ह्वाट्स एप लगायतका प्लाटफर्मबाट पनि प्रस्तुतिको भिडियो पठाउन सक्ने जनाइएको छ ।

डिजिटल अडिसनको लागि बिट ‘श्रीपेच स्टुडियो’ युट्युब च्यानलबाट डाउनलोड गर्न सकिनेछ ।

विजेताले १० लाख रुपैयाँ नगदसहित विश्व टूरको मौका र ब्रान्डसँग सहकार्य गर्ने अवसर पाउनेछ । उपविजेताले ५ लाख रुपैयाँ नगदसहित विदेशमा प्रस्तुतिको अवसर प्राप्त गर्नेछन् ।

पहिलो संस्करणको विजेता भाईबर साइमन, दोस्रो सिजनका विजेता योङ्ग वेभ हुन् । दामी मिडियाको प्रस्तुति रहेको शोको कन्सेप्ट तथा डिजाइन सुदीप पोखरेलको छ ।

अघिल्लो संस्करणमा मानस घले, गिरिश खतिवडा र महेश तामाङ ‘दोङ’ निर्णायक रहेकोमा यस सिजनमा भने मानस घले, गिरिश खतिवडालाई मात्र सार्वजनिक गरिएको छ ।

तेस्रो निर्णायक चाँडै नै सार्वजनिक गरिने जनाइएको छ । कार्यकारी निर्माताको रूपमा आदर्श विष्ट छन् भने निर्देशकीय टिमको लिड भने विक्रम खनालले गर्नेछन् ।

शो प्रसारण मंसिर अन्त्यदेखि सुरु हुने जनाइएको छ । प्रसारण हुने टेलिभिजन च्यानल खुलाइएको छैन । ब्रोड्कास्टिङ्ग पार्टनर र भोटिङ्ग पार्टनर पनि केही दिनमा नै सार्वजनिक गरिने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?