+
+
Shares

माओवादीसँगको एकता कम्युनिष्ट पार्टी एक बनाउने प्रस्थान बिन्दु : मेटमणि चौधरी

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १४ गते १७:४६

१४ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले नेकपा माओवादी केन्द्रसँगको एकता कम्युनिष्ट पार्टीलाई सशक्त र शक्तिशाली बनाउने प्रस्थान बिन्दुको रुपमा लिनुपर्ने बताएका छन् ।

शुक्रबार पार्टीको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘माओवादी र हाम्रो एकतालाई प्रस्थान बिन्दुको रुपमा लिएका छौं । यो बिन्दुबाट सुरु गरेर नेपालका सबै कम्युनिष्ट पार्टीलाई एक ठाउँमा ल्याउने र सशक्त र शक्तिशाली बनाउने । कम्युनिष्ट पार्टीकै नेतृत्वमा मुलुक निर्माण गर्ने,’ उनले भने ।

वृहत कम्युनिस्ट पार्टी निर्माण गर्ने, कम्युनिस्ट पार्टीकै नेतृत्वमा मुलुकलाई समृद्धको बाटोमा लाग्ने विषय पार्टीको दशौं महाधिवेशनले टुंग्याएको विषय भएको भन्दै त्यसमै टेकेर अहिले एकताको विषय अघि बढाइएको बताए ।

उनले केन्द्रीय कमिटीमा बोल्ने ९९ प्रतिशत सदस्यले माओवादीसँग एकता हुने जिकिर गरे । ‘यहाँ बोल्ने ९९ प्रतिशत केन्द्रीय कमिटीका सदस्यहरूले आफ्नो धारणा राख्नुभएको छ,’ उनले भने ।

सम्मानित झलनाथ खनालको काम नै सधैँ निहुँ खोज्ने भएको उनको आरोप छ । माधव नेपालले दिउँसो १२ बज्यो भनेर भन्यो भने पनि रातको १२ बज्यो भनेर भन्ने खनालको बानी रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?