+
+
Shares

विराटनगरमा ११८.६ मिलिमिटर वर्षा, कुन ठाउँमा कति ?

कार्यालयबाट प्राप्त जानकारीअनुसार आज बिहान ८:४५ बजे गरिएको वर्षाको मापनमा विराटनगरमा ११८ दशमलव छ मिलिमिटर पानी परेको छ ।

रासस रासस
२०८२ कात्तिक १४ गते १८:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन् २०२१ पछि पहिलो पटक कोशी प्रदेशमा कात्तिकमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभाग सुनसरी धरानले जनाएको छ।
  • विराटनगरमा बिहान ८:४५ बजे ११८ दशमलव छ मिलिमिटर पानी परेको छ भने मोरङको सुन्दरहरैचामा २४ घण्टामा २४८ मिलिमिटर पानी परेको छ।
  • मौसमविद् बाबुराम मिश्रले १४९ मिलिमिटर पानी पर्दा चेतावनीको तह पार हुने भएकाले नदी आसपास बसोबास गर्नेहरुलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह गर्नुभएको छ।

१४ कात्तिक, विराटनगर। सन् २०२१ पछि पहिलो पटक कोशी प्रदेशमा कात्तिकमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको कार्यालय सुनसरी धरानले जनाएको छ ।

कार्यालयबाट प्राप्त जानकारी अनुसार आज बिहान ८:४५ बजे गरिएको वर्षाको मापनमा विराटनगरमा ११८ दशमलव छ मिलिमिटर पानी परेको छ ।

सोही समयमा धनकुटामा ५५, ओखलढुङ्गामा ७१, धरानमा ८८ दशमलव दुई, ताप्लेजुङमा ५२ दशमलव आठ, झापाको अनारमनीमा १४९ दशमलव दुई, झापाकै शश्चिरेमा १४९ दशमलव दुई र दमकमा ५२ दशमलव आठ मिलिमिटर पानी परेको कार्यालयका मौसमविद् बाबुराम मिश्रले जानकारी दिए।

उनले मोरङको सुन्दरहरैचामा २४ घण्टाको अवधिमा २४८ मिलिमिटर पानी परेर बताउँदै यो प्रदेशमा सबैभन्दा बढी पानी परेको तथ्याङ्क भएको बताए।

उनले १४९ मिलिमिटर पानी पर्दा चेतावनीको तह पार हुने भएकाले सो क्षेत्रका नदी आसपास क्षेत्रमा बसोबास गर्नेलाई सुरक्षित स्थानतर्फ बस्न र आवश्यक सचेतना अपनाउन आग्रह गरे ।

सन् २०२१ को अक्टोबरमा विराटनगरमा ३२३ मिलिमिटर पानी परेको थियो । कार्यालयका अनुसार कोशी प्रदेशमा वर्षाको सम्भावना अझै टरेको छैन।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?