+
+
Shares

तिलोत्तमा नगरपालिका यूसीएलजी काउन्सिल सदस्यमा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १४ गते १८:५०

१४ कात्तिक,बुटवल । तिलोत्तमा नगरपालिका यूसीएलजी एशिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यको रुपमा निर्वाचित भएको छ ।

दक्षिण कोरियाको गोयांग विशेष सहरमा सम्पन्न यूसीएलजी एशिया प्रशान्त क्षेत्रको १० औं सभाले तिलोत्तमा नगरपालिकालाई सन् २०२५ देखि २०२७ सम्मको लागि एशिया प्रशान्त सहरहरु र स्थानयि सरकारहरूको संस्थाको काउन्सिल मेम्बरका रुपमा निर्वाचित भएको हो ।

एशिया प्रशान्तका सदस्यहरुले तिलोत्तमा नगरपालिकाको क्षमतालाई विश्वास गरी  काउन्सिल मेम्बरको रुपमा निर्वाचित गरेको नर्गिरमुख रामकृष्ण खाँणले बताए । यो अवसरसंगै तिलोत्तमा नगरपालिकाले एशिया प्रशान्त क्षेत्रका समुदायको हित बढाउन, त्यस क्षेत्रका स्थानीय सरकारहरुको क्षमता विकास गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्न पाउने भएको छ ।

नगर प्रमुख खाणले यो सदस्यताले नगरपालीकाको अनुभव, विशेषज्ञता र दृष्टिकोणले एशिया प्रशान्तका शहरहरू र स्थानीय सरकारहरूको भावी भविष्य निर्माणमा भुमिका निर्वाह गर्ने विश्वास लिएको बताए ।

स्थानीय सरकारको अन्तर्राष्ट्रिय स्तरमा नै पैरवी गर्ने, स्थानीय सरकारमा सुशासन अभिवृद्धि गर्ने, सुचना र बौद्धिकतामा महत्वपुर्ण विन्दुका रुपमा कार्य गर्ने र बलियो, सक्रिय र आफ्नो क्षेत्रको स्थानीय शासन मा अन्तर्राष्ट्रिय सुचना आयात गर्न, नगरले गरेका राम्रा कामको प्रचार प्रसार गर्न र वैदेशिक लगानी, प्रविधि र सिकाई पालीकामा भित्राउन यसले सघाउने उनले बताए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुषालले यसबाट अन्तर्राष्ट्रिय स्तरमा तिलोत्तमा नगरपालिकाको छविलाई उचो बनाउन, अन्तर्राष्ट्रिय असल अभ्यासलाई स्थानीयकरण गर्न र तिलोत्तमा नगरपालिकाले गरिरहेका असल अभ्यास र गतिविधीलाई अन्तर्राष्ट्रिय मन्चमा प्रस्तुत गर्न सहयोग पुग्ने बताए ।

साथै उनले तिलोत्तमा नगरपालिकाले स्थानीय शासन सुदृढीकरणको लागि सेवा प्रवाह, विकास व्यवस्थापन र सामुदायिक सशक्तिकरणका विभिन्न आयामहरुमा अन्तर्राष्ट्रिय मन्चहरुमा पैरवी गर्ने स्थान नगरपालिकाले पाएको विषय गौरवको विषय भएको जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?