+
+
Shares

तिलोत्तमा नगरपालिका र नगर विकास कोषबीच ८१ करोड ऋण सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २० गते १९:२८

२० माघ, बुटवल । तिलोत्तमा नगरपालिका र नगर विकास कोषबीच ऋण सम्झौता भएको छ ।

शहरी उत्थानशिलता तथा जीवनयापन सुधार आयोजना  (यूआरएलआईपी) बीच मंगलबार औपचारिक सम्झौता भएको हो ।

यो परियोजनामार्फत ड्राइभरटोल–शिवपुर र पथ्थरडाँडा–तिनाउ सडक निर्माण हुने क्रममा रहेको छ ।

सम्झौतापत्रमा नगरपालिकाको तर्फबाट नगर प्रमुख रामकृष्ण खाण र नगर विकास कोषको तर्फबाट कार्यकारी निर्देशक इन्जिनियर विनोदप्रकाश पण्डितले हस्ताक्षर गरेका छन् ।

कुल ८१ करोडको आयोजना अन्तर्गत ७५ प्रतिशत रकम एसियाली विकास बैंकको अनुदान हो भने २५ प्रतिशत रकम नगरपालिकाको दायित्व अन्तर्गत हो । २५ प्रतिशत मध्ये १ प्रतिशत ऋण हो भने ७ प्रतिशत नगरपालिकाको आन्तरिक स्रोतबाट खर्च हुने रकम हो ।

यसअघि नै एडीबीसँग सम्झौता भई सडकको सर्भेको काम अन्तिम चरणमा पुगेको र छिट्टै निर्माण प्रक्रियामा जाने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?