+
+
Shares

जापान जान अनधिकृत कागजात बनाएको आरोपमा तिलोत्तमाकी कम्प्युटर अपरेटर बर्खास्त

नगरपालिकाको प्रतिनिधित्व गरेर एसिया स्मार्ट सिटी कन्फेरेन्स २०२५ मा सहभागी हुनका लागि पौडेल सहित स्वास्थ्य शाखाका केशव भट्टराई र योजना शाखाकी सीता भण्डारी भुसाल पनि सिफारिस भएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २६ गते १५:५४

२६ कात्तिक,बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले जापानमा आयोजना हुन लागेको स्मार्ट सिटी सम्मेलनमा भाग लिन अनधिकृत कागजात बनाएको पाइएपछि आफ्नै कर्मचारीलाई बर्खास्त गरेको छ ।

नगरपालिकाले कम्प्युटर अपरेटरमा हालै मात्र नियुक्त सन्जु पौडेललाई बुधबार बसेको नगर प्रमुख स्तरीय बैठकबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।

नगरपालिकाको प्रतिनिधित्व गरेर एसिया स्मार्ट सिटी कन्फेरेन्स २०२५ मा सहभागी हुनका लागि पौडेल सहित स्वास्थ्य शाखाका केशव भट्टराई र योजना शाखाकी सीता भण्डारी भुसाल पनि सिफारिस भएका थिए ।

तर, पौडेलको सिफारिसका विषयमा प्रश्न उठेपछि नगरपालिकाले आन्तरिक छानबिन गर्दा कार्यालयको स्वीकृत र समन्वय विना अनधिकृत ढंगले काजगात बनाएको पाइएपछि पौडेललाई बर्खास्त गर्ने निर्णय भएको नगरप्रमुख रामकृष्ण खाँणले बताए ।

जापानको सम्मेलनमा सहभागी हुने विषयमा प्रश्न उठेपछि नगरपालिकाले तीनै जना कर्मचारीहरूको भ्रमण रद्द गर्न २३ कात्तिकमा पत्राचार गरेको र आयोजक संस्थाबाट २४ कात्तिकमा भ्रमण रद्द भएको जानकारी सहितको इमेल नगरपालिकालाई प्राप्त भएको प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए ।

‘सम्मेलनमा सहभागी हुन जाने भनिएका ३ जना कर्मचारीहरूलाई सम्मेलनमा सहभागिताको विषय र कार्यालयको कागजातको अनधिकृत प्रयोगको सम्बन्धमा स्पष्टीकरण सोधिएको र आन्तरिक छानबिन समेत गरिएकोमा नाम आएका तीन जना कर्मचारीहरू मध्ये करार सेवामा कार्यरत कम्प्युटर अपरेटर सञ्जु पौडेलले अनधिकृत रूपमा कार्यालयको स्वीकृति र समन्वय बेगर कार्यालयको कागजात प्रयोग गरेको पाइएकोले निजलाई २६ कात्तिकको नगर प्रमुखस्तरीय निर्णयानुसार आजैका मितिदेखि लागु हुने गरी कम्प्युटर अपरेटर पदबाट बर्खास्त गरिएको छ,’ जारी विज्ञप्तिमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?