+
+
Shares

पार्टीको मूल नेतृत्वले बिदा लिनुपर्छ : अब्दुल हुसेन खाँ

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १४ गते १९:१६

१४ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता अब्दुल हुसेन खाँले पार्टी एकताका विषयमा संवेदनशील हुनका लागि शीर्ष नेतृत्वलाई आग्रह गरेका छन् ।

शुक्रबार पार्टीको केन्द्रीय कमिटीमा आफ्नो धारणा राख्ने क्रममा उनले यसअघि भएका कम्युनिष्ट एकतालाई ध्यानमा राख्दै निर्णय लिन सुझाव दिए ।

‘एकता आफैंमा राम्रो हो । तर एकता के का लागि ? एकता क्रान्तिका लागि हो कि सत्ताका लागि हो ? राजनीतिक, वैचारिक कुराभन्दा सत्ता स्वार्थले गरिने एकताले हामी केहीलाई राम्रो होला तर जनताले भने नपत्याउने खतरा छ,’ उनले बैठकमा भने ।

नेकपा माओवादी केन्द्रसँग एकता गर्नुअघि सुरुमा पार्टीभित्र एकता हुन आवश्यक हुने उनको भनाइ थियो ।

‘पार्टीको आन्तरिक एकता मजबुद बनाएर मात्रै बाह्य एकता सम्भव हुनसक्छ, आफैंभित्र भने अनेक बेमेल हुने, सँगै बस्न सक्छन् कि सक्दैनन् नेताहरू भन्ने संशय उत्पन्न हुने अनि अरुसँग चाहीँ एकता एकता भन्ने कुरा आफैंमा राम्रो होइन,’ उनले बैठकमा भनेका छन् ।

उनले थप भनेका छन्, ‘एकतापूर्व आन्तरिक एकता गर्नैपर्छ अन्यथा यो एकता प्रयत्नले राम्रो परिणाम नदिन सक्छ भन्ने कुरामा संवेदनशील बनौं ।’

वृहत वाम एकता आजको आवश्यक भए पनि मूल नेतृत्वले भने बिदा लिनुपर्ने उनको भनाइ छ । ‘एकीकृत समाजवादी लगायतका वाम पार्टीको नेतृत्व पुनर्गठन हुनुपर्छ । मूल नेतृत्वले बिदा लिनुपर्छ,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?