 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका लागि आयुक्तहरु थप्ने तयारी भइरहेको जानकारी दिइन्।
- उनले न्यायाधीशहरूलाई एक्स्पर्टको रूपमा प्रयोग गर्नेबारे पनि कुरा भइरहेको बताइन्।
- निर्वाचनका लागि १२० सामग्रीमध्ये ९० सामग्री अहिले नै रहेको र बाँकी नेपालमै जोहो गर्ने तयारी भइरहेको उनले भनिन्।
१४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका गराउनका लागि आयुक्तहरु थप्ने तयारी भइरहेको जानकारी दिएकी छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार सम्पादकहरूसँगको अन्तर्क्रियामा उनले आयुक्तहरु नियुक्त गर्ने अहिलेको व्यस्थाले केही समय लाग्ने भएपनि त्यो प्रक्रियामा जाने सम्भावना रहेको बताइन् ।
‘प्रमुख निर्वाचन आयुक्तबारे सोचेका छौं । अहिलेको व्यवस्था अनुसार केही समय लाग्न सक्छ त्यसैले छिटै निर्णयमा पुगिहाल्छौं ।’
उनले निर्वाचन गराउने काममा न्यायाधीशहरू पनि संलग्ने हुने भएकाले निर्वाचन आयोगमा त्यस्ता व्यक्तिहरूलाई पनि एक्स्पर्टको रूपमा प्रयोग गर्नेबारे पनि कुरा भइरहेको उनले बताइन् । ‘ आयोगमा निर्वाचनबारे ज्ञान भएका न्यायाधीशहरू र कर्मचारीहरूलाई पनि राख्न सकिन्छ ।’
उनले निर्वाचन आयोगले चुनाव गराउनका लागि १२० वटा सामग्री चाहिने त्यसमध्ये ९० वटा अहिले नै रहेको र बाँकी सामग्री नेपालमै जोहो गर्ने ब्रिफिङ गरेकाले अहिले कुनै खरिद अघि नबढेको बताइन् ।
‘निर्वाचन गराउनका लागि हामी लागिरहेका छौं । निर्वाचन सुरक्षाको कुरा छ । त्यसको पनि वातावरण बनिरहेको छ’ प्रधानमन्त्री कार्कीले भनिन् ।
पाँच सदस्यिय निर्वाचन आयोगमा अहिले तीन जना सदस्यमात्रै छन् । बरिष्ठतम आयुक्त रामप्रसाद भण्डारी कार्यबाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारीमा छन् ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्त ईश्वरीप्रसाद पौड्यालको अवकाशपछि नयाँ पदाधिकारीहरु नियुक्त भएका छैनन् ।
 
                









 
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4