+
+
Shares

प्रधानमन्त्री कार्कीको आकलन : झापामा पुराना नेता कमजोर भएका छन्, दुर्गा प्रसाईं आउन सक्ने सम्भावना छ

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १४ गते १९:५५

कात्तिक १४, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनसँगै बहिर्गमित तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली लक्षित सांकेतिक अभिव्यक्ति दिँदै आगामी चुनावबाट दुर्गा प्रसाई आउन सक्ने आकलन गरेकी छन् ।

ओलीको नाम नलिई उनले झापामा यति बेला पुराना नेताको शक्तिमा ह्रास आएको भन्दै व्यवसायी तथा राष्ट्र राष्ट्रियता धर्म बचाउ महाअभियान संयोजक दुर्गा प्रसाईं शक्तिमा आउन सक्ने लख काटिन् ।

शुक्रबार सम्पादकहरुसँग तीन घण्टा भन्दा बढी संवाद गर्दै कार्कीले भनिन्, ‘आन्दोलन गर्छु भन्दै हिँडेका छन्, दुर्गाजी । अराजक कुरा गर्न पाइँदैन । तर आफ्नै ठूलो समूह लिएर हिँडेका छन् । भव्य समूह छ उनको भन्ने सुन्दैछु । समर्थकहरू पनि तयार भएका देखिन्छन् । झापामा यति बेला पुराना नेताहरूको शक्तिमा ह्रास आएको छ । उनले चुनाव जित्न पनि सक्छन् ।’

प्रधानमन्त्री कार्कीले एमाले अध्यक्ष ओलीप्रति लक्षित गर्दै व्यवसायी प्रसाईंलाई दल खोलेर झापाबाट चुनाव लड्न सुझाएकी छन् ।

प्रसाईंले सामाजिक काम गरेको र कतिलाई नि:शुल्क पढाएको आफूले सुनेको बताउँदै प्रधानमन्त्री कार्कीले उनको प्रशंसा गरिन् ।

सामाजिक काम गरेकाले जनताले भोट दिने भन्दै कार्कीले भनिन्, ‘झापामा नेताहरू कमजोर भएका बेला दुर्गा प्रसाईंले चुनाव लडेर जित्न सक्छन्, चुनाव जितेर धेरै सिट ल्याएपछि राजा ल्याउने हो किन के ल्याउने ल्याए भइहाल्यो नि ।’

७ मंसिरदेखि प्रसाईले आन्दोलन घोषणा गर्छु भने पनि संविधानत: उनले गतिविधि गर्न पाउने, पहिलेझैं हातहतियार लिएर हिँडे मुलुकी अपराध संहिता अन्तर्गत प्रसाईलाई कारबाही गरिने कार्कीले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?