+
+
Shares
सम्पादकसँग प्रधानमन्त्री :

‘बालेनलाई म छोरो भन्छु, उसले चाहिँ दिदी भन्छ, बिहान पनि फोन भयो’

सम्पादकहरूको जिज्ञासामा शुक्रबार साँझ प्रधानमन्त्रीले भनिन्, ‘५–६ पल्ट भेट भइसकेको छ । म प्रधानमन्त्री भएपछि पनि २ पल्ट भेट भइसक्यो ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १४ गते २०:१२

१४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री भएयता सुशीला कार्कीलाई काठमाडौं मेयर बालेनले दुईपल्ट भेटिसके ।

पहिलो भेटमा २३ भदौको युवा संहारका बेला प्रधानमन्त्री रहेका केपी ओली र गृहमन्त्री रमेश लेखक समात्ने एजेन्डा प्रमुख थियो ।

दोस्रो भेटमा चाहिँ उनले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति विरक्ति पोखेको प्रसंग यति बेला चर्चामा छ ।

प्रधानमन्त्रीको सचिवालयले गृहमन्त्रीको राजीनामा मेयर बालेनबाट नमागिएको दाबी गर्दै बिहीबार प्रेस वक्तव्यमार्फत् खण्डन नै गर्‍यो ।

यद्यपि बालेनसँग सल्लाह नगरी तत्कालीन महानगर सल्लाहकार रहेका अर्याल गृहमन्त्री बनेको भन्दै उनको टिम रुष्ट छ ।

सुशीला र बालेनको सम्बन्ध र सम्पर्क कुन तहसम्म विकसित छ त ? सम्पादकहरूको जिज्ञासामा शुक्रबार साँझ प्रधानमन्त्रीले भनिन्, ‘५–६ पल्ट भेट भइसकेको छ । म प्रधानमन्त्री भएपछि पनि २ पल्ट भेट भइसक्यो । आज बिहान पनि फोनमा कुरा भएको थियो । बालेनलाई म छोरो भनी बोलाउँछु । उसले चाहिँ मलाई दिदी भन्छ । उसले गृहमन्त्रीको राजीनामा मागेको छैन ।’

तर, बालेनले आफ्ना कुरा भने नसुन्ने गरेको प्रधानमन्त्रीको गुनासो छ । बालेनको प्रसंगमा प्रधानमन्त्री कार्कीले भनिन्, ‘उसले हाम्रा कुरा सुन्दैन, आफ्ना कुरा मात्र भन्छ, उसको बानी फरक छ, भदौ २३ गतेको दमनकारीलाई किन पक्राउ नगरेको भन्छ, मलाई जहाँसम्म लाग्छ उ पार्टी खोल्ने खालको मान्छे होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?