+
+
Shares

जेनजीहरू समेटेर रक्षा बमले बनाइन् नयाँ मोर्चा

जेनजी आन्दोलनलाई संस्थागत गर्न भन्दै उनले जेनजी फ्रन्ट गठन गरेको जनाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १४ गते २१:२२

१४ कात्तिक, काठमाडौ । जेनजी अगुवा रक्षा बमको संयोजकत्वमा ‘नेपाल जेनजी फ्रन्ट’ नाम राखेर मोर्चा घोषणा भएको छ ।

उनले सामाजिक सञ्जालमा २१ पृष्ठको दस्तावेजसहित मोर्चा घोषणा गरेकी हुन् । जेनजी आन्दोलनलाई संस्थागत गर्न भन्दै उनले जेनजी फ्रन्ट गठन गरेको जनाएकी छिन् ।

बमको संयोजकत्वमा गठन भएको फ्रन्टमा युजन राजभण्डारी, यतिष ओझा,  मनिष खनाल, आदित्य कर्ण, ऋतु खड्का, संविधान प्रसाईं, नजिर आलम, आसन अन्सारी, पूजा मेहता लगायत सदस्य रहेका छन् ।

संयोजक बमले आज जारी गरेको विज्ञप्तिमा जेनजी विद्रोहलाई संस्थागत गर्ने एजेन्डाहरू एकिकृत गर्ने र जेनजी विद्रोहसँगै गठन भएका विभिन्न जेनजी समूहरूलाई एकीकृत गर्ने उद्देश्य राखिएको उल्लेख छ ।

विज्ञप्तिमा यो समूह राजनीतिक विचार मिल्ने सबै जेनजी समूहलाई एकताबद्ध गर्न गठन गरिएको प्रारम्भिक समूह भएको बताइएको छ । साथै, काठमाडौं र देशका अन्य भागमा जेनजी विद्रोहमा सक्रिय रहेका सबैलाई यो समूहमा जोडिन पनि उनीहरूले आह्वान गरेका छन् ।

अहिले गठन गरिएको समूहले संघीय संरचनाका रुपमा काम गर्ने तथा प्रदेश र जिल्लाका समितिहरू पनि चाँडै घोषणा हुने संगठन समितिका संयोजक युजन राजभण्डारीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?