+
+
Shares

६ युवा नेताहरुको टोली चीन प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ८ गते ११:४०

८ वैशाख, काठमाडौं । चिनियाँ सरकारको वाणिज्य मन्त्रालयको निमन्त्रणा दुई प्रदेश सांसद सहितका ६ युवा नेताको टोली चीन प्रस्थान गरेको छ ।

मंगलबार प्रस्थान गरेको टोलीले बेइजिङ र हेनान प्रान्तमा आयोजित विभिन्न कार्क्रमहरुमा भाग लिएर दुई सातापछि फर्कनेछ ।

भ्रमण टोलीमा लुम्विनी प्रदेश सभाका सदस्यद्वय रत्न खत्री र निमा गिरी, राष्ट्रिय युवा परिषदका पूर्व उपाध्यक्ष सुरेन्द्र बस्नेत, अनेरास्ववियु नेता रक्षा बम, उमानाथ निरौला र शैलेस तिमिल्सिना रहेका छन् ।

भ्रमण टोलीले चीनमा रहँदा दिगो विकास, जैविक विविधता संरक्षण, वन कानुनको प्रभावकारी कार्यान्वयन लगायतका विषयमा आयोजना गरिने अन्तर्क्रिया तथा छलफलमा भाग लिने टोली सदस्य युवा परिषदका पूर्वउपाध्यक्ष बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?