+
+
Shares

कांग्रेस पदाधिकारी बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १५ गते ९:४४

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ। महाधिवेशनको तिथि-मितिबारे जारी अन्यौलताका बीच कांग्रेसको पदाधिकारी बैठक बस्न लागेको हो।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पदाधिकारी बैठक बोलाइएको र सुरू हुनै लागेको जानकारी दिए । यसअघि शुक्रबार कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित भएको थियो ।

पार्टीमा महाधिवेशनको तिथि-मितिबारे सहमति जटाउन भन्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठक स्थगित गरेका थिए । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?