News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २००० रन पूरा गरेका छन्।
- रोहितले ७५ खेलमा २ शतक र ११ अर्धशतक सहित सबैभन्दा धेरै रन बनाउने खेलाडीको रूपमा स्थान बनाएका छन्।
- ओडिआईमा रोहितपछि सबैभन्दा धेरै रन आसिफ शेखले बनाएका छन्।
१५ कात्तिक, काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २००० रन पूरा गरेका छन् ।
लिग २ क्रिकेटअन्तर्गत यूएईमा जारी शृंखलामा यूएईसँग भइरहेको खेलमा ब्याटिङ गरिरहेका रोहितले २००० रन पूरा गरेका हुन् ।
उनी नेपालका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडी पनि हुन् । ७६ खेल खेलेका रोहितले २ शतक र ११ अर्धशतक बनाएका छन् ।
यसअघि गत साता बिहीबार भएको यूएईसँगको खेलमा उनले करियरको दोस्रो शतक बनाएका थिए ।
ओडिआईमा रोहितपछि सबैभन्दा धेरै रन आसिफ शेखले बनाएका छन् । आसिफको १६७७ रन छ भने तेस्रोमा कुशल भुर्तेलको १४५४ रन छ ।
चौथोमा आरिफ शेखले १३७५ रन बनाएका छन् भने दीपेन्द्रसिंह ऐरीले यस खेलअघिसम्म १२०४ रन बनाएका छन् ।
प्रतिक्रिया 4