+
+
Shares

कांग्रेस पदाधिकारी बैठकमा जुटेन सहमति, भोलि कार्यसम्पादन समितिमा फेरि छलफल हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १५ गते १३:३८

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बिना सहमति टुंगिएको छ ।

महाधिवेशनको कार्यतालिकामा सहमति जुटाउने पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठक बिना सहमति टुंगिएको हो।

छलफलमा सहभागी एक पदाधिकारीका अनुसार बैठकमा दुई वटा कार्यतालिका प्रस्ताव भएको छ। महामन्त्री विश्वप्रकाश शर्माले आगामी पुस १६-१८ मा महाधिवशेन सम्पन्न गर्ने प्रस्ताव गरेपछि संस्थापन पक्षले आगामी वैशाखको कार्यतालिका प्रस्तुत गरेको हो ।

संस्थापन पक्षका तर्फबाट आगामी वैशाखको २८-३० मा महाधिवेशन आयोजना गर्ने प्रस्ताव पेश भएको संस्थापन पक्षीय एक सह-महामन्त्रीले जानकारी दिए । ती सहमहामन्त्रीले छलफल सकारात्मक भएको पनि बताए।

‘जे होस् अब यति कुरो बुझुनुस् कि हामी प्रयत्नमा छौं । सकभर मिल्छ कि जस्तो मलाई लाग्छ’, उनले भने ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले छलफल सकारात्मक दिशातर्फ गएको बताए ।

पदाधिकारी बैठकमा सहमति नजुटेपछि आइतबार केन्द्रीय कार्यसमिति बैठक अघि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ। कार्यसम्पादन समिति बैठकमा कार्यतालिकाबारे फेरि छलफल हुने एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?