१५ कात्तिक, काठमाडौ । यथास्थितिमा पार्टी एकता प्रक्रियामा नजाने अडान लिएका नेकपा एकीकृत समाजवादीका नेताहरूले आज छुट्टै भेला गरेका छन् ।
सुकेधारामा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भूसाल सहित १०७ जना केन्द्रीय सदस्यहरुको भेला भएको थियो । यो भेलाले पार्टी पुनर्गठन र अरु वाम शक्तिहरुसँग एकताका निम्ति संयोजन गर्ने जिम्मा महासचिव भूसाललाई दिएको छ ।
‘सबै कम्युनिष्ट पार्टीहरुको पुनर्गठन गरी शीर्ष नेताहरुलाई फरक भूमिकामा राख्ने र बाँकीले कार्यकारी नेतृत्व लिने कामको पहलकदमी गर्ने जिम्मा महासचिव घनश्याम भूसाललाई दिइएको छ,’ पोलिटब्यूरो सदस्य अशेष घिमिरेले भने ।
उनका अनुसार आजको भेलामा ८३ जनाले बोलेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4