+
+
Shares

विशेष महाधिवेशन पक्षधरलाई पूर्णबहादुरको आश्वासन- विधान अनुसार नै गर्छु

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १५ गते २२:४०

१५ कात्तिक, काठमाडौं । विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाइरहेको समूहका नेताहरूलाई कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विधान अनुुसार नै निर्णय हुने आश्वासन दिएका छन् ।

शनिबार दिउँसो हस्ताक्षर अभियान चलाइरहेका सात जना नेताहरूसँग दुई घण्टा बढी छलफल गरेका कावा सभापति खड्काले किसुनजीको समेत उदाहरण दिँदै आफू विधान अनुसार अघि बढ्ने बताएका हुन् ।

छलफलमा हस्ताक्षर अभियान चलाइरहेका नेताहरू गुरुराज घिमिरे, देवराज चालिसे, रमेश धमला, नारायण भट्टराई, जनकराज गिरी, सुवास पोखरेल, मनोजमणी आचार्य सहभागी थिए ।

त्यस्तै, मुख्यसचिव कृष्णप्रसाद पौडेल पनि छलफलमा सहभागी थिए ।

नेताहरूले कावा सभापति खड्कालाई नै औपचारिक रुपमा हस्ताक्षर बुझाएका थिए । हस्ताक्षर बुझाएपछि खड्काले आज पहिलोपटक बोलाएर छलफल गरेका हुन् ।

‘पहिलोपटक २४८८ जनाको तर्फबाट बोलाउनुभयो । पार्टी कार्यालयमै सौहार्दपूर्ण वातावरणमा छलफल भयो । हामीले बोलाएकोमा हामीले धन्यवाद दियौं,’ नेता मनोजमणी आचार्यले भने ।

उनका अनुसार, खड्काले पार्टीको विधानको व्यवस्थामा रहेर आफूले काम गर्ने बताएका छन् ।

‘पार्टीको विधानको व्यवस्थामा रहेर म काम गर्छु भन्नुभयो । म किसुनजीको अनुयायी पनि हुँ भन्दै लामो इतिहास सुनाएर यस्तो बताउनुभएको छ,’ खड्काले दिएको आश्वासन सुनाउँदै आचार्यले भने ।

उनले थ पभने, ‘हामी आशावादी छौं, उहाँले विधानभित्र रहेर धारा १७ को २ अनुसार नै गर्नुहुन्छ भन्नेमा पुग्यौं । छिटो गरिदिनुस् पनि भन्यौं ।’

खड्काले पदाधिकारी र केन्द्रीय समिति बैठकमा पनि आफूसँग हस्ताक्षर आइपुगेको जानकारी गराएको नेताहरूलाई बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?