+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कांग्रेसमा विशेष महाधिवेशन पक्षधरको भेला सर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १५ गते १४:३८

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको सूमहको भेला सरेको छ ।

पार्टीले केन्द्रीय कार्यसमिति बैठक दुई दिनका लागि स्थगित गरेका कारण उक्त समूहले भेला पनि दुई दिन पछि सारेको हो ।

महाधिवेशनका लागि हस्ताक्षर संकलन अभियानको नेतृत्व गरेका नेता गुरूराज घिमिरेले आइतबारका लागि तय भएको भेला मंगलबारमात्रै बस्ने बताए ।

‘पार्टीको मिटिङ हेर्ने भनेका छौँ । दुई दिन मिटिङ सर्‍यो । त्यही भएर हामीले पनि हाम्रो मिटिङ दुई दिन पछि सारेका हौँ,’ उनले भने, ‘अब मंगलबार साढे १२ हामी छलफल गर्ने भयौं ।’

नेता घिमिरेले यसअघि आन्तरिक सल्लाहका लागि भेला बोलाइएको बताएका थिए ।

‘सल्लाह गर्ने बैठक हो त्यो । केन्द्रीय समितिले के गर्छ, त्यो पनि हामी हेरिरहेका छौँ,’ उनले शुक्रबार भनेका थिए, ‘आजसम्म बैठकमा कुनै विषय प्रवेश भएको छैन । त्यही भएर हामी बस्न लागेका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?