News Summary
Generated by OK AI. Editorially reviewed.- मुक्तिनाथ विकास बैंकको १९ औं वार्षिक साधारणसभाले बैंकलाई वाणिज्य बैंकमा स्तरोन्नति गर्ने प्रस्ताव पारित गरेको छ।
- सभाले चुक्ता पूँजी ९ अर्ब ३ लाख रुपैयाँ पुर्याउने र पूँजी वृद्धिका लागि प्रबन्धपत्र संशोधन गर्ने निर्णय गरेको छ।
- आर्थिक वर्ष २०८०/०८१ को लागि सेयरधनीलाई १८.२० प्रतिशत लाभांस दिने प्रस्ताव स्वीकृत गरिएको छ, जसमा १३.५३ प्रतिशत बोनस सेयर र ४.६७ प्रतिशत नगद लाभांस छ।
१६ कात्तिक, काठमाडौं । मुक्तिनाथ विकास बैंक वाणिज्य बैंकमा स्तरोन्नति हुने भएको छ ।
बैंकको हालै पोखरामा सम्पन्न भएको १९ औं वार्षिक साधारणसभाले वाणिज्य बैंकमा स्तरोन्नति हुने प्रस्ताव पारित गरेको हो । अध्यक्ष खिम प्रकाश मल्लको अध्यक्षतामा बसेको साधारणसभाले चुक्ता पूँजी ९ अर्ब ३ लाख रुपैयाँ पुर्याउने र वाणिज्य बैंकमा स्तरोन्नति हुने प्रस्ताव पारित गरेको हो ।
‘पूँजी वृद्धिका लागि प्रबन्धपत्र संशोधन गर्ने र नेपाल राष्ट्र बैंकले तोकेको प्रावधान अनुसार वाणिज्य बैंकमा स्तरोन्नतिको लागि प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिइएको छ’ अध्यक्ष मल्लले भने ।
त्यस्तै सभाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पारित गर्दै सेयरधनीहरुलाई १८.२० प्रतिशत लाभांस दिने प्रस्ताव स्वीकृत गरेको छ । उक्त लाभांस मध्ये १३.५३ प्रतिशत बोनस सेयर र बाँकी ४.६७ प्रतिशत लागि नगद लाभांस (बोनस सेयर र नगद लाभांसको कर सहित) रहेको छ ।
प्रतिक्रिया 4