+
+
Shares

काउली, ब्रोकाउली, घिरौँला र करेलाको भाउ घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १६ गते ११:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी बजारमा आइतबार काउलीको भाउ प्रतिकिलो ५५ रुपैयाँले घटेर ९० रुपैयाँमा किनबेच भइरहेको छ।
  • ब्रोकाउलीको भाउ आइतबार प्रतिकिलो ४७ रुपैयाँले घटेर १४५ रुपैयाँ कायम छ।
  • तिते करेला र घिरौँलाको भाउ पनि क्रमशः २० र १२ रुपैयाँले घटेर ६६ र ५६ रुपैयाँमा किनबेच भइरहेको छ।

१६ कात्तिक, काठमाडौं । कालीमाटी बजारमा काउली, ब्रोकाउली, घिरौँला र करेलाको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि निर्धारण गरेको मूल्यसूचीले यी तरकारीको भाउ घटेको देखाएको हो ।

आज आइतबार स्थानीय काउली प्रतिकिलो थोक भाउ ५५ रुपैयाँ घटेको छ । हिजो शनिबार प्रतिकिलो १ सय ४५ रुपैयाँमा किनबेच भएको काउली आज आइतबार ९० रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै ब्रोकाउलीको भाउ पनि घटेको छ । हिजो शनिबार प्रतिकिलो १ सय ९२ रुपैयाँमा किनबेच भएको ब्रोकाउली आज १ सय ४५ रुपैयाँ कायम छ । हिजोको तुलनामा आज ब्रोकाउलीको भाउ प्रतिकिलो ४७ रुपैयाँले घटेको छ ।

आइतबार तिते करेलाको भाउ प्रतिकिलो २० रुपैयाँ घटेको छ । हिजो शनिबार प्रतिकिलो ८६ रुपैयाँमा किनबेच भएको तिते करेला आज आइतबार प्रतिकिलो ६६ रुपैयाँमा किनबेच भइरहेको तथ्याकले देखाउँछ ।

हिजो शनिबार प्रतिकिलो ६८ रुपैयाँमा किनबेच भएको घिरौँला आज प्रतिकिलो १२ रुपैयाँले घटेर ५६ रुपैयाँमा किनबेच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?