+
+
Shares

युवा कार्यकर्ताले कांग्रेस केन्द्रीय कार्यालयमा लगाए ताला

नियमित महाधिवेशनको माग राखेर युवा कार्यकर्ताहरूले कांग्रेस पार्टी कार्यालयको मूल गेटमा तालाबन्दी गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १६ गते १४:००

१६ कात्तिक, काठमाडौं । नियमित महाधिवेशनको समय सार्वजनिक गर्न माग गर्दै युवा कार्यकर्ताले सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको मूल गेटमा तालाबन्दी गरेका छन् ।

नियमित महाधिवेशनको माग राखेर उनीहरूले पार्टी कार्यालयको मूल गेटमा तालाबन्दी गरेका हुन् ।

उनीहरूले महाधिवेशनमा युवा प्रतिनिधित्वको सुनिश्चितता गर्न माग गरेका छन् ।

पार्टी अनिर्णियको बन्दी भएको भन्दै छिटो निर्णय गर्नका लागि युवाहरूले तालाबन्दीपछि प्रदर्शन समेत गरेका छन् ।

२८ असोजदेखि सुरु भएको केन्द्रीय समितिको बैठक पटक-पटक स्थगित हुँदै आएको छ ।

शुक्रबारका लागि बैठक डाकिएको थियो । तर बस्दै नबसी बैठक आजका लागि सारिएको थियो । तर आजको बैठक पनि नबसी मंगलबारका लागि सारिएको छ ।

केन्द्रीय समितिको बैठक फेरि स्थगित गरिएपछि कार्यालयमा ताला लगाउनु परेको विरोधमा सहभागी विद्यार्थी नेता भुवन भट्टले जानकारी गराए । 

पार्टी कार्यालयको मूल गेटमा ताला लगाउने र प्रदर्शन गर्ने युवाहरू नेता शेखर कोइराला निकटका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?