+
+
Shares

यातायात व्यवस्था विभागको सर्भर आंशिक चल्यो, अब लाइसेन्स नवीकरण र ‘भेरिफिकेसन’ हुने

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा विभागमा ठूलो क्षति भएको थियो । त्यसपछि लाइसेन्स सेवा अवरुद्ध भएको थियोे । 

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १६ गते १४:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यातायात व्यवस्था विभागको ईडीएलभीआरएस सर्भर आइतबारदेखि आंशिक रूपमा सञ्चालनमा आएको छ।
  • लाइसेन्स नवीकरण तथा लाइसेन्स भेरिफिकेसन सेवा विभागले सुचारु भएको जनाएको छ।
  • अन्य सेवा applydlnew.dotm.gov.np वेबसाइट सञ्चालनमा आएपछि मात्र सुचारु हुने विभागले बताएको छ।

१६ कात्तिक, काठमाडौं । यातायात व्यवस्था विभागको सर्भर आंशिक चलेको छ ।

विभागका अनुसार आइतबारदेखि ईडीएलभीआरएस सर्भर सञ्चालनमा आएको छ । अब लाइसेन्स नवीकरण तथा लाइसेन्स ‘भेरिफिकेसन’ सेवा सुचारु भएको विभागले जनाएको छ ।

अन्य सेवा भने applydlnew.dotm.gov.np वेबसाइट सञ्चालनमा आएपछि मात्र सुचारु हुने समेत विभागले जनाएको छ ।

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा विभागमा ठूलो क्षति भएको थियो । त्यसपछि लाइसेन्स सेवा अवरुद्ध भएको थियोे ।

विभागका अनुसार काठमाडौं उपत्यकाका यातायात कार्यालयहरूबाट सवारी दर्ता सेवा (भीआरएस) पनि आंशिक सुचारु भएको छ ।

अन्य यातायात व्यवस्था कार्यालयहरूमा विद्युतीय सवारी चालक अनुमतिपत्र र सवारी दर्ता प्रणाली सञ्चालन गर्न प्रणाली परीक्षणको कार्य भइरहेको विभागले जनाएको छ ।

ती कार्यालयबाट पनि छिट्टै सेवा सञ्चालनमा आउने विभागको अपेक्षा छ । विभागले आफ्नो कार्यालयमा प्रणाली सञ्चालनका लागि आवश्यक नेटवर्किङ, बायोमेट्रिक लगायत उपकरण तयारी अवस्थामा राख्न र विभागसँग नियमित सम्पर्कमा रही सेवा प्रवाह व्यवस्थापन गर्न सबै यातायात व्यवस्था कार्यालयलाई अनुरोध गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?