+
+
Shares

एकता प्रक्रियाबारे छलफल गर्न पेरिसडाँडामा जुटे नेताहरू

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १६ गते १७:४२

१६ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रको पहलमा हुन लागेको एकता प्रक्रियाबारे छलफल गर्न विभिन्न दलका नेताहरू जुटेका छन् ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा अहिले एकतामा जाने टुंगो भएका दलका नेताहरू छलफलका लागि जुटेका हुन् ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, डा. बाबुराम भट्टराई नेतृत्वको पार्टीमा विद्रोह गरेर बनेको महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, नेकपा एमालेमा विद्रोह गरेर बनेको प्रेमबहादुर सिंह नेतृत्वको पार्टी, राजु कार्की नेतृत्वको नेकपा समाजवादी, सुवास काफ्ले नेतृत्वको जनसमाजवादी र विप्लवको पार्टीमा विद्रोह भएर बनेको चिरण सी नेतृत्वको समूह एकता प्रक्रियामा सहभागी हुँदैछन् ।

त्यस्तै, गोपाल किराती पनि एकता प्रक्रियामा सहभागी हुने माओवादी केन्द्रका नेताहरूको दाबी छ । यद्यपि उनी अहिलेसम्म छलफलमा सहभागी भएका भने छैनन् ।

नेताहरूका अनुसार, एकतापछि बन्ने पार्टीको नेतृत्वमा प्रचण्ड रहनेछन् । तत्काललाई प्रचण्डलाई संयोजक र माधवकुमार नेपाललाई सहसंयोजक तोकेर जानेगरी छलफल भएको बताइएको छ ।

एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठकले शुक्रबार मात्रै माओवादी केन्द्रसहितका दलहरूसँग एकता गर्ने निर्णय गरेको थियो ।

माओवादी केन्द्रले पनि एकीकृत समाजवादीसहितका कम्युनिष्टहरूसँग एकता गर्ने निर्णय शनिबार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?