News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान गरेपछि राष्ट्रपतिबाट सम्पादन हुने कार्य उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सम्हाल्ने भएका छन्।
- राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले संविधानको धारा ६७ को उपधारा २ बमोजिम उपराष्ट्रपतिले कार्य सम्पादन गर्ने जानकारी दिए।
- राष्ट्रपति पौडेल सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलेपमेन्ट कार्यक्रममा सहभागी हुन कतारको दोहा प्रस्थान गरेका छन्।
१७ कात्तिक, काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान गरेपछि उनको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सम्हाल्ने भएका छन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले संविधानको धारा ६७ को उपधारा २ बमोजिम राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिबाट कार्य सम्पादन हुने गरी तोकिएको जानकारी दिए ।
राष्ट्रपति पौडेल सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलेपमेन्ट विषय कार्यक्रममा सहभागी हुन आज बिहान कतारको राजधानी दोहा प्रस्थान गरेका छन् ।
उनलाई उपराष्ट्रपति यादव, प्रधानमन्त्री सुशीला कार्की लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4