News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं हरर फिल्म फेस्टिभलको पहिलो संस्करण आइतबार साँझ रुसी सांस्कृतिक दूतावासमा सम्पन्न भएको छ।
- फेस्टिभलमा रुस, इन्डोनेसिया, भारत, मेक्सिको, बंगलादेश र नेपालका २५ फिल्म प्रदर्शन भएका थिए।
- इन्डोनेसियाली फिल्म ‘लाबिनाक’ सर्वश्रेष्ठ कथानक, मेक्सिकोको ‘अ इयर अफ म्यारिज’ सर्वश्रेष्ठ छोटो फिल्म घोषित भएका छन्।
काठमाडौं । काठमाडौं हरर फिल्म फेस्टिभलको पहिलो संस्करण आइतबार साँझ सम्पन्न भएको छ ।
रुसी सांस्कृतिक दूतावासमा आयोजित महोत्सवमा विभिन्न देशका फिल्मकर्मी र दर्शक भेला भएर फिल्म हेरे अनि अन्तक्रिया गरे ।
नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठानद्वारा आयोजित फेस्टिभलमा रुस, इन्डोनेसिया, भारत, मेक्सिको, बंगलादेश र नेपालका फिल्म पनि प्रदर्शन गरिएका थिए ।
प्रतिष्ठानका उपाध्यक्ष शिव पुरीले चलचित्रलाई माध्यम बनाएर संस्कृति, सन्देश र सिर्जनशीलतालाई जोड्ने उद्देश्य महोत्सवको रहेको बताए ।
महोत्सवको अन्तिम दिन शनिबार उत्कृष्ट फिल्मलाई पुरस्कृत गरियो । इन्डोनेसियाली फिल्म ‘लाबिनाक’ सर्वश्रेष्ठ कथानक फिल्म घोषित भएको छ ।

मेक्सिकोको फिल्म ‘अ इयर अफ म्यारिज’ सर्वश्रेष्ठ छोटो फिल्म बनेको छ । बंगलादेशको ‘फरिनर्स वन्ली’ सर्वश्रेष्ठ युवा फिल्म घोषित भएको छ ।
जुरी स्पेसल अवार्ड भारतीय फिल्म ‘बोक्सी’ले जित्यो ।
फेस्टिभल उद्घाटन रुसी फिल्म ‘शामन’ बाट गरियो भने समापन फिल्मको रुपमा बंगलादेशको ‘फरिनर्स वन्ली’ थियो ।
३ दिनमा २५ फिल्म प्रदर्शन भएको फेस्टिभलमा स्थानीय र अन्तर्राष्ट्रिय दर्शकको उल्लेखनीय उपस्थिति रहेको आयोजकले जनाएको छ ।
सन् २०२६ को संस्करणलाई भव्य बनाउने तयारी सुरु भएको समेत आयोजकले विज्ञप्तिमा जनाएको छ ।
प्रतिक्रिया 4