+
+
Shares

बाढीपीडितलाई राहत उपलब्ध गराउन आजपाको माग

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १७ गते १७:०२

१७ कात्तिक, काठमाडौं । आम जनता पार्टी (आजपा) ले बाढीपीडित किसान एवं सर्वसधारणलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

आजपा रौतहट क्षेत्र नम्बर १ क्षेत्रीय कमिटीले सोमबार रौतहट जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो ।

रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी किरणनीति तिवारीलाई आजपाले ज्ञापनपत्र बुझाउँदै बाढीपीडितलाई न्याय तथा किसानलाई राहत एवं मुआब्जा उपलब्ध नगराए आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ ।

हालैको बाढी र अविरल वर्षाका कारण जिल्लाका विभिन्न गाउँहरू डुबानमा परेका थिए । धेरै किसानहरूको खेतबारी, बालीमा क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?