+
+
Shares

धोबिघाट बैठकमा जुटेन सहमति, कांग्रेस केन्द्रीय समितिमा दुईथरी कार्यतालिका पेश हुने

आजको बैठकमा सहमति जुट्न नसकेपछि भोलि बस्ने केन्द्रीय समिति बैठकमा महाधिवेशनका लागि दुई प्रकृतिको कार्यतालिका पेश हुने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १७ गते १८:४८

१७ कात्तिक, काठमाडौं । चुनावअघि नियमित महाधिवेशनको कार्यतालिका ल्याउने र चुनावअघि महाधिवेशन गर्न हुन्न भन्ने दुई थरी मत हुँदा कांग्रेस शीर्ष नेताहरूको बैठक आज पनि निष्कर्षविहीन टुंगिएको छ ।

ललितपुरको धोबिघाटमा केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरू सहमति गर्नेगरी अनौपचारिक छलफलमा जुटेका थिए ।

यद्यपि आज पनि सहमति भने हुन नसकेको बैठकमा सहभागी एक नेताले बताए ।

आजको बैठकमा सहमति जुट्न नसकेपछि भोलि बस्ने केन्द्रीय समिति बैठकमा महाधिवेशनका लागि दुई प्रकृतिको कार्यतालिका पेश हुने भएको छ ।

महामन्त्री गगन थापाले चुनाव अघि १५ औं महाधिवेशन गर्ने गरी कार्यतालिका पेश गर्ने तयारी गरेका छन् ।

महामन्त्रीको प्रस्तावको काउन्टर गर्नेगरी चुनावपछि महाधिवेशन हुने गरी संस्थापन पक्षले प्रस्ताव लाने तयारी पनि अघि बढाएको छ ।

शुक्रबार देखि रोकिँदै आएको केन्द्रीय समितीको बैठक भोलि स्थगित नगर्ने धोबिघाट बैठकमा नेताहरूले बताएका छन् ।

कांग्रेस प्रवक्ता समेत रहेका नेता प्रकाशशरण महतले केन्द्रीय समिति बैठक नरोकी छलफल गर्नुपर्ने बताएका छन् । उनले सबै केन्द्रीय सदस्यहरूले बोलिसक्दा सम्म केही न केही निष्कर्ष आउने तर्क सोमबार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?