+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

१५औं महाधिवेशन वैशाख अन्तिम साता गर्ने कांग्रेस संस्थापन पक्षको प्रस्ताव

सोमबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलाले आगामी २५ देखि २८ वैशाखसम्म महाधिवेशन गर्ने प्रस्ताव भोलि बस्ने केन्द्रीय समिति बैठकमा लाने निर्णय गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १७ गते १९:०४

१७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षको भेलाले १५औं महाधिवेशन वैशाख अन्तिम साता गर्ने प्रस्ताव गरेको छ ।

सोमबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलाले आगामी २५ देखि २८ वैशाखसम्म महाधिवेशन गर्ने प्रस्ताव भोलि बस्ने केन्द्रीय समिति बैठकमा लाने निर्णय गरेको हो ।

संस्थापन इतरका नेताहरूले भने प्रतिनिधिसभा निर्वाचन अगाडि नियमित नत्र भने विशेष महाधिवेशन बोलाउनुपर्ने माग राख्दै आएका छन् । उनीहरूले विशेष महाधिवेशनका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर समेत कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइ सकेका छन् ।

संस्थापन पक्षको भेलाले २१ फागुनको प्रतिनिधिसभाको निर्वाचनमा भाग लिनका लागि पार्टीका सबै तहलाई सक्रिय रहन आहवान गर्ने निर्णय समेत गरेको छ ।

यसैगरी १५ पुसभित्र क्रियाशील सदस्य नवीकरण गरी नयाँ वितरण गरी सक्नु पर्ने, सम्पूर्ण तहमा घरदैलो अभियान सञ्चालन गर्दै निर्वाचनका लागि जागरण अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरिने प्रस्तावमा दुवै पक्षबीच सहमति जुट्न नसक्दा यस अघि शुक्रबार र आइतबारका लागि डाकिएको बैठक स्थगित भएको थियो । बैठक भोलिका लागि डाकिएको छ ।

संस्थापन पक्षले पनि केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने एजेन्डा तय गरिसकेका कारण भोलिको बैठकमा संस्थापन र संस्थापन इतर दुवै पक्षको प्रस्ताव पेस हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?