News Summary
Generated by OK AI. Editorially reviewed.- जिल्ला प्रशासन कार्यालय, काठमाडौंले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिलिपी नागरिकता उपलब्ध गराउने निर्णय गरेको छ।
- भण्डारीको नागरिकता २४ भदौमा भएको तोडफोड र आगजनीमा जलेको थियो, त्यसपछि उनले प्रतिलिपी नागरिकता पाउने निवेदन दिएका थिए।
- काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले प्रतिलिपी नागरिकता दिने निर्णयका लागि विभिन्न सरकारी निकायमा रहेका फोटोकपी र डिजिटल डाटा भिडाइएको बताए।
१८ कात्तिक, काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिलिपी नागरिकता उपलब्ध गराउने भएको छ।
जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा भण्डारीको निवासमा पनि तोडफोड र आगजनी भएको थियो। त्यसक्रमममा उनको नागरिकता पनि जलेको थियो।
‘उहाँको साथमा रहेको नागरिकताको प्रमाणपत्र पनि जलेको रहेछ, हाम्रो भौतिक अभिलेख पनि जलेको थियो,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले भने, ‘उहाँले प्रतिलिपी नागरिकता पाँऊ भनेर निवेदन दिएपछि विभिन्न सरकारी निकायमा रहेका उहाँको नागरिकताको प्रमाणपत्रको फोटोकपी र हाम्रो डिजिटल डाटा भिडायौं, त्यसपछि प्रतिलिपी नागरिकता दिने निर्णय भएको हो ।’
जिल्ला प्रशासन कार्यालयले पूर्वराष्ट्रपति भण्डारीलाई प्रतिलिपी नागरिकता लिन दिउँसो २ बजे कार्यालयमा बोलाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4