News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले १८ कात्तिकमा काठमाडौंमा प्रतिलिपि नागरिकता लिएकी छन्।
- २४ भदौमा भएको जेएन–जी आन्दोलनको क्रममा उनको निवासमा तोडफोड र आगजनी हुँदा नागरिकता प्रमाणपत्र जलेको थियो।
- काठमाडौं जिल्ला प्रशासन कार्यालयले उनको निवेदनपछि सरकारी निकायका फोटोकपी र डिजिटल डाटा मिलाएर प्रतिलिपि नागरिकता प्रदान गरेको छ।
१८ कात्तिक, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिलिपि नागरिकता लिएकी छन्।
जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा उनको निवासमा तोडफोड र आगजनी भएको थियो। त्यसक्रमममा उनको नागरिकता पनि जलेको थियो।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उपस्थित भएर उनले आज प्रतिलिपि नागरिकता लिएकी हुन्।
‘उहाँको साथमा रहेको नागरिकताको प्रमाणपत्र पनि जलेको रहेछ, हाम्रो भौतिक अभिलेख पनि जलेको थियो’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले भने, ‘उहाँले प्रतिलिपि नागरिकता पाऊँ भनेर निवेदन दिएपछि विभिन्न सरकारी निकायमा रहेका उहाँको नागरिकताको प्रमाणपत्रको फोटोकपी र हाम्रो डिजिटल डाटा भिडायौं, त्यसपछि प्रतिलिपि नागरिकता दिइएको हो ।’

तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर
प्रतिक्रिया 4